सहकारी एउटा उद्यम हो जसले सदस्यहरुलाई सेवा प्रदान गर्ने काम गर्छ र यो समुदायमा बसोबास गर्नेृ मानिसहरुको लागि अभियान पनि हो । सहकारी पुँजीवादी र शोषणबाट मुक्ति पाउन हरेकका लागि एउटा संयुक्त प्रयास हो । समुदायका विभिन्न क्षेत्रमा रहेका स्थानीय स्रोत साधन तथा पुँजीलाई कुशलतापुर्वक व्यवस्था गरी सदस्यहरुको क्षमता अभिवृद्धिका लागि स्थापित संस्था नै सहकारी हो ।
नेपालमा सहकारीको इतिहासलाई हेर्ने हो भने प्राचिनकालदेखि नै नेपालमा सहकारीको अवधारणा रहेको पाइन्छ । गुठि, पर्म, मङ्गखाल, धर्मभकारी जस्ता परम्परालाई सहकार्यको रुपमा लिन सकिन्छ । वि.सं. २०१० बाट सहकारीको यात्रा सुरु हुदै आजको दिनसम्म आइपुग्दा नेपालमा हजारौँले सहकारीको महत्व र कार्यशैलीलाई बुझ्ने मौका पाएका छन् ।
सहकारी क्षेत्रलाई बुलन्द र दिगो बनाउने अभियानमा थुप्रै अभियन्ताहरुको योगदान रहेको पाइन्छ । जसमध्ये सहकारी अभियन्ता तथा रचनाकार विरेन्द्र कुमार बलामीको पनि सहकारी क्षेत्रमा आफ्नै भोगाइहरु रहेका छन् । वि. सं. २०६७ सालमा उनले श्री गोपालेश्वर सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को स्थापना गरे ।
आफ्नो बाल्यकाल सहज र सरल तरिकाले बिटेको बताउने सहकारी अभियन्ता तथा रचनाकार बलामीले जीवनको पहिलो आम्दानीदेखि आजको दिनसम्म आइपुग्दा निकै संघर्ष गर्नुभएको कुरा हामीलाई बाढे । विद्यालयस्तरको पढाई सम्पन्न गरेपछि जीवनकै पहिलो आम्दानी जय किसान हित बहुउद्देशीय कृषि सहकारी संस्था लि. मा बजार प्रतिनिधिको रुपमा काम गरेर कमाउन थाले।
उच्च शिक्षाका क्रममा विभिन्न क्षेत्रमा काम गर्दै आफ्नै व्यवसायहरु पनि चलाए । तर दुर्भाग्य, कुखुरापालन, बाख्रा पालन, मदिरा पसल, किराना पसल , होटल तथा रिर्सोट जस्ता सम्भावना भएका व्यवसायमा समेत उहाँको मेहेनतले सफलता पाउन सकेन । उधारो दिने र विश्वास गरिहाल्ने बानी कै कारण व्यवसायबाट उनले निकै ठुलो घाटा बेहोर्नु परेको थियो ।

वि. सं. २०६० सालदेखि २०७३ सालसम्म कन्स्ट्रक्सनको काममा उनले १३ वर्ष बिताए । कन्स्ट्रक्सनको जागिरको शीलशीलामा ललितपुरस्थित इमाडोल विल्डिङ्गदेखि हेटौडा, सिनामंगलको टावर विल्डिङ्ग, तिलगंगा आँखा अस्पतालको नयाँ विल्डिङ्ग, माइती नेपालको नयाँ विल्डिङ्ग जस्ता कन्स्ट्रक्सनको कामको लेखाको जिम्मेवारीलाई उनले निकै कुशलतापुर्वक सम्पादन गरे । जसका कारण उनले आफूले लेखाको महत्व, व्यवसायको परिचय, जिम्मेवारी र परिश्रम के हो भन्ने बारेमा जान्ने मौका मिलेको बताए ।
जीवन यसरी नै अघि बढ्दै जाँदा एक दिन उनी डा. विवेकानन्दको कक्षामा बस्दा आफ्नो जीवनको बारेमा अन्तरमनबाट नै नयाँ सोच र जिवनको महत्व बुझेको बताए । त्यस पश्चात उनले कन्स्ट्रक्सनको सजिलो र सुविधायुक्त जागिर छोडेर सहकारीको क्षेत्रमा केहि गर्ने निर्णयमा पुगे।
वि. सं. २०६७ सालमा आफ्ना केहि साथीहरुसंग सल्लाह र साथ लिएर उनले श्री गोपालेश्वर सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. आफ्नै घरमा स्थापना गरे । पछि त्यहि घर सहकारी दर्ता गरे लगत्तै आवश्यक गर्न बजारबाट रकम संकलन हुन नसकेपछि आफ्नो जेठि छोरी भ¥याङ्गबाट लडेको निहुँ पारेर परिवारलाई सम्झाएर उक्त घर बिक्रि गरेका थिए ।
सहकारीको यात्रा अघि बढ्दै जाँदा फेरि पनि उनलाई श्री गोपालेश्वर महादेव मन्दिर र मन्दिर परिसरको पुन: निर्माण गर्ने चहाना भयो र सहकारीका टिमलाई नै सक्रिय गराएर यो काम पनि सफल पारे । यिनै कुराहरु बताइरहदा सहकारी सम्बन्धीका पुस्तकहरु च्यापेर श्री गोपालेश्वर महादेव मन्दिरको बाटो हिड्दा हरेक पटक श्री गोपालेश्वर महादेवकै नामबाट सहकारी खोल्न पाउ भन्दै श्री गोपालेश्वर महादेवलाइ पुकार्ने गरेको कुरा पनि उनले बताए । संघर्ष र मेहेनतले रगं भर्दै सफलताका सिडीहरु चढ्दै गर्दा उनले विभिन्न कार्यक्रम तथा योजना बनाई हालसम्ममा सबै सदस्य लगायत समुदायको नै मन जित्न सफल भएका छन् ।
जीवनमा सहकारीको लागि योगदानका साथसाथै रचनाको क्षेत्रमा पनि सक्रिय उनले थुप्रै नेपाली आधुनिक गीतलाई आफ्ना शब्दहरुले सजाएका छन् । हालसालै मात्र पनि म बाँचेको संसार टाइटल भएको गीतको सिर्जना गरी रेकर्डिङ्गको तयारीमा रहेको बताए ।

अनिगिन्ती भोगाइ र तिता मिठा अनुभवहरु संगालेर आज सहकारी अभियन्ता तथा रचनाकार विरेन्द्र बलामीले गरेको काम निकै उदाहरणीय र प्रेरणादायक छ । आफ्नो क्षमता अनुसार कुनै पनि क्षेत्रमा लगाव र दृढ चहाना राखेर काम गर्दा अवश्य सफल भइन्छ भन्ने उनको सबै युवायुवतीमा सुझाव पनि रहेको छ ।
