माओवादी अध्यक्ष प्रचण्ड प्रतिक्रियावादी दलाल हुन् : मोहन वैद्य

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) ले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रतिक्रियावादी दलालको संज्ञा दिएका छन् । माओ दिवसको अवसरमा महासचिव वैद्यले प्रचण्ड र ओलीलाई प्रतिक्रियावादका दलालको संज्ञा दिएका हुन् ।

उनले कम्युनिष्ट पार्टीको स्थापना भएदेखि यता थुप्रै संघर्षहरू भए पनि शुरुमा भएका क्रान्तिकारीहरु पछि गएर बिग्रिएको बताए । यस्ता घटनाहरूको व्याख्या नगरी अघि बढ्न नसकिने भन्दै अहिले नेपालमा सच्चा कम्युनिष्ट को हो भन्ने प्रश्न खडा भएको बताए ।

महासचिव वैद्यले दक्षिणपन्थीको नेतृत्व गर्नेहरुले नै अहिलेको ठूलो खतरा दक्षिणपन्थी अवसरवाद भनिरहेको बताए । उनले अहिले प्रचण्डले आफूलाई क्रान्तिकारी भनिरहेको भन्दै प्रचण्डले माओवाद पहिले नै छोडिसकेको दाबी गरे ।

महासचिव वैद्यले मार्क्सवाद, लेनिनवाद, माओवाद मात्र भनेर नहुने भन्दै त्यसले भनेअनुसारको राजनीतिक कार्यदिशा बनाउनु पर्नेमा जोड दिए ।

‘कम्युनिष्ट पार्टीको स्थापना भएदेखि यता थुप्रै संघर्षहरु भए, पहिलेका किसान आन्दोलनहरू, २०२८ सालदेखि यताको झापाको ऐतिहासिक सशस्त्र बिद्रोह, हामी नेकपा माओवादीहरुले चलाएको १० वर्षे जनयुद्व, राम्रै तरिकाले अघि बढेका हुन्। तर भयो के भने, शुरु, शुरुमा भएका क्रान्तिकारीहरु पछि गएर बिग्रिए’, उनले भने।

उनले यस्ता घटनाहरुको व्याख्या नगरी अघि बढ्न नसकिने भन्दै अहिले नेपालमा सच्चा कम्युनिष्ट को हो भन्ने प्रश्न खडा भएको बताए।

‘यो एउटा स्थिति हो, यो त हुँदो रहेछ। चीनमा पनि भएको थियो। यस्त घटना घटे पनि यिनको व्याख्या गर्न जरूरी छ। व्याख्या नगरीकन अघि बढ्न सकिँदैन,’ उनले भने। महासचिव वैद्यले दक्षिणपन्थीको नेतृत्व गर्नेले नै अहिलेको ठूलो खतरा दक्षिणपन्थी अवसरवाद भनिरहेको बताए।

‘आज नेपालमा सच्चा कम्युनिष्ट को हो त ? दक्षिणपन्थीहरुको एउटा व्याख्या छ हाम्रो अर्को व्याख्या छ । दक्षिणपन्थीहरुको अहिले ओलीहरु भन्नुस्। उनीहरुलाई सबैले साच्चैको दक्षिणपन्थी भन्छन्। तर उनीहरुले आफूलाई खाँटी माक्सवादी भन्छन् । एकजना उनको नेताले, नाम नभनौं। अहिलेको मुल समस्या भनेको दक्षिण्पन्थी अवसरवाद हो भने भन्छ ल हेर्नुहोस्। ‘दक्षिणपन्थीको नेतृत्व गर्ने जुन हो, त्यसैले अहिलेको ठूलो खतरा दक्षिणपन्थी अवसरवाद हो भन्छ’, उनले भने।

उनले अहिले प्रचण्ड आफूलाई क्रान्तिकारी भनिरहेको भन्दै प्रचण्डले माओवाद पहिले नै छोडिसकेको दाबी गरे। ‘अर्कोतिर प्रचण्डहरु । म क्रान्तिकारी हुँ भन्न थाले। विचारमा क्रान्तिकारी, पार्टी अब नयाँ निर्माण गर्ने भनेर फलाक्न थालिसके। जस्तो अवसरवादी भए पनि विचित्रको एउटा कुरा के हो भने माक्सवाद, लेनिनवाद, माओवादको नाम त जप्नुपर्दो रहेछ। प्रचण्डले माओवाद त उहिले छोडिसके, अहिले सबै वाद झुन्ड्याएका छन्’, ‘प्रचण्ड के भन्छन् भन्दा यो संविधानको रक्षा गर्ने हामी हौँ, प्रतिगमनका बिरुद्ध जाने हामी हौँ भनेर कुर्लेका छन् । यो संविधानको रक्षा गरे त, त्यही हो प्रतिगमन, त्यही हो प्रतिक्रान्तिकारी, ओलीहरु, प्रचण्डहरु दक्षिणपन्थी मात्रै होइनन्, दक्षिणपन्थी भन्दा कम से कम कित्ताको कुरा आउँछ, यिनीहरु त प्रतिक्रियावादका दलाल हुन्।’

महासचिव वैद्यले माक्सवाद, लेनिनवाद, माओवाद मात्र भनेर नहुने भन्दै त्यसले भनेअनुसारको राजनीतिक कार्यदिशा बनाउनु पर्नेमा जोड दिए।

सिफारिस

फोटो पत्रकार पूर्णिमा श्रेष्ठ एक सातामै दोस्रोपटक सगरमाथाको चुचुरोमा

फोटो पत्रकार पूर्णिमा श्रेष्ठ एक सातामै दुईपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन्। श्रेष्ठले आज (आइबार) बिहान ३ बजेर पाँच मिनेट जाँदा...

प्रतिनिधिसभाको बैठक आज बस्दै, के के छ कार्यसूचि ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ । आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

काठमाडौँमा यो वर्षकै अत्यधिक गर्मी, दिउँसो पानी पर्ने

काठमाडौँ उपत्यकामा शनिबार (जेठ ५ गते) यो वर्ष अहिलेसम्मकै बढी गर्मी भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले शनिबार यो वर्ष अहिलेसम्मकै बढी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रतिनिधिसभाको बैठक आज बस्दै, के के छ कार्यसूचि ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।...

काठमाडौँमा यो वर्षकै अत्यधिक गर्मी, दिउँसो पानी पर्ने

काठमाडौँ उपत्यकामा शनिबार (जेठ ५ गते) यो वर्ष अहिलेसम्मकै...

संसद्‍मा भएको भिडन्तको सबै जिम्मा सभामुखले लिनुपर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभामा बिहीबार भएको घटनाको जिम्मेवारी सभामुख...

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ - सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ...

सन्दीप लामिछाने विश्वकपका लागि अमेरिका जाने पक्का, आईसीसीले दियो अनुमति

काठमाडौं - नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछाने आईसीसी...

आजको मौसम: यी चार प्रदेशमा हल्का वर्षा, तराईमा तातो हावा चल्ने

काठमाडौँ - हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको...

धेरै पढिएको