स्मार्ट हाजिर : भरपर्दो हाजिरी सिस्टम सफ्टवेयर

काठमाडौँ – प्रविधिको प्रयोग र यसको महत्व आज मात्र होइन आदिकालदेखि नै रहि आएको कुरा इतिहासमा समेत उल्लेख गरिएको छ । आधुनिक सभ्यतालाई विकास गर्दै आजको विकसित विश्वमा परिणत गर्न प्रविधिको निकै ठुलो योगदान रहेको छ । प्राविधिक रुपमा शक्तिशाली राष्ट्र अथवा समाज आर्थिक रुपमा पनि शक्तिशाली हुने गर्दछ ।

२० औँ शताव्दीको मध्यमसम्ममा मानिसले प्रविधि अर्थात प्रविधिको प्रयोगद्वारा नै पृथ्वीको वायुमण्डल बाहिर जान र अध्ययन गर्न सफल भइसकेका थिए । प्रविधि कै कारण आज दुनिया साँघुरिएको छ र कामकाजलाई निकै सहज पनि बनाइदिएको छ ।

आज विश्वमा हरेक राष्ट्रहरु प्रविधिमा अघि बढ्ने होडबाजीमा दौडिरहेका रहेका छन् । प्रविधिको यो दौडमा नेपाल पनि अछुतो भने रहेको छैन । नेपालका विभिन्न सफ्टवेयर कम्पनीहरुले विभिन्न क्षेत्रमा अनुसन्धान तथा प्रयोग गरेका छन् । नेपाली बजारमा हालसालै मात्र एउटा प्रविधिले पाइला टेकेको छ जसको नाम हो स्मार्ट हाजिर ।

नेपालका सरकारी कार्यलय होस् या प्राइभेट कम्पनी, हरेक कार्यलयमा कुनै कुनै कर्मचारीहरु यस्ता पनि हुन्छन् जसमा काम ठग्ने, ढिलोे आएर छिट्टै निस्कने, बहाना बना्एर दिएको काम प्रा नगर्ने जस्ता कुप्रवृत्ति पाइन्छन् ।

यस्तै प्रवृत्ति भएकाहरुको कारण सरकारी तथा प्राइभेट कम्पनीहरुले निकै क्षति तथा नोक्सान पनि व्यहार्न परेको हुन्छ । काम ढिलो हुनु, सेवाग्राहिले समयमा सेवा नपाउनु, मालिक तथा हाकिमले सोचे अनुरुपको उपलब्धी नहुनुको मुख्य कारण भनेको कर्मचारीहरु उत्तरदायी नभइ आफ्नो मन मर्जी गर्ने प्रवृत्ति हो । कर्मचारीको यस्तो व्यवहारलाइ सुधार्न कयौ पटकको प्रयास गर्दा पनि असफल भएकाहरुको लागि हाल स्मार्ट हाजिर बजारमा आइसकेको छ ।

स्मार्ट हाजिर सन् २०१९मा विकास गरिएको एउटा सफ्टवेयर हो । नेपालमा नै पहिलो पटक सबैभन्दा सस्तो र एकदम भरपर्दो हाजिरी सिस्टम स्मार्ट हाजिरमा विभिन्न फिचरहरु पनि रहेका छन् । स्मार्ट हाजिरको प्रयोग गर्न न कुनै डिभाइस चाहिन्छ न कुनै हार्डवेयर ।

यसको प्रयोगको लागि मात्र हातमा भएको फोनको माध्यमबाट हाजिर गर्न, स्टाफ ट्राकिगं गर्न, इभेन्ट्स तथा मिटिगं आयोजना गर्न, छुट्टीका लागि निवेदन दिन जस्ता थुप्रै कार्यलयका कामहरु सजिलै र प्रभावकारी ढंगबाट गर्न सकिन्छ । प्रविधिको नयाँ फड्कोको रुपमा ल्याइएको स्मार्ट हाजिरले कार्यलयमा हाजिर गर्दा सर्न सक्ने कोरोना लगायत विभिन्न सरुवा रोगबाट समेत सबैलाई बचाउने काम समेत गर्छ ।

सस्तो भएकै कारण सबै कम्पनी तथा कार्यलयहरुले यस स्मार्ट हाजिरलाई इन्स्टल गरी प्रयोग गर्न सक्छन् । प्रयोग गर्नको लागि पनि निकै सजिलो हुने स्मार्ट हाजिरलाई प्ले स्टोरमा गएर डाउनलोड गरी इन्स्टल गर्नु पर्छ ।

सिफारिस

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ समारोह फाइनल स्पर्धाकै झल्को दिने गरी बिहीबार साँझ राजधानीमा सम्पन्न भएको छ। थापागाउँस्थित...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि बायाँहाते चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई अनुबन्ध गरेको छ। असलंकालाई श्रीलंकाली क्रिकेटका...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघले आज एक विज्ञप्ति जारी सिरिजको खेलतालिकासमेत सार्वजनिक...

भर्खरै

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

भोटेकोशी बाढी प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्टद्वारा पाँच लाख बढी सहयोग

काठमाडौं - बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा...

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८...

धेरै पढिएको