कोरियाको कृषि क्षेत्रमा कामदार पठाउन समस्या, परीक्षा उत्तीर्ण ५ हजार जान पाएनन्

काठमाडौं – कोरियाको कृषि क्षेत्रमा कामदार पठाउन समस्या भएको छ। मौसमअनुसार काम हुने र हिँउ पर्दा काम नहुनेलगायत कारण कृषिमा पास भएका अधिकांश युवा कामका लागि कोरिया जान पाएका छैनन्।

कोरियन भाषा पास भएका साढे ५ हजारभन्दा बढी युवा कोरिया जान पाएका छैनन्। कृषि क्षेत्रमा मौसमअनुसार माग आउने भएकाले भाषा पास भएका अधिकांश युवा रोकिएका हुन्। रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियाले म्यानुफ्याक्चरिङ र कृषि क्षेत्रमा सन् २००८ देखि कामदार लैजाँदै आएको छ। वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार सन् २०१७ मा भाषा परीक्षामा पास भएका मध्ये दुई हजार कामदार जना पाएका छैनन्।

फेब्रुअरीसम्म जान नपाउने कामदार कोरिया जान चाहे पुनः भाषा परीक्षा पास गर्नुपर्छ।’ भाषा परीक्षा पास गरेको व्यक्ति कोरियन रोजगारीका लागि रोस्टरमा बस्नुपर्छ।

रोस्टरमा प्रवेश गरेको दुई वर्षभित्र कोरिया गइसक्नुपर्ने प्रावधान छ। तर, पास भएर रोस्टरमा रहेका कामदार पनि माग नआउँदा कोरिया जान नपाएका हुन्। ईपीएस शाखाका अनुसार सन् २००८ देखि हालसम्म ६५ हजार आठ सय ४५ जना कामदार कोरिया गइसकेका छन्। ७० हजार चार सय ६९ जना पास परीक्षा पास गरेका थिए। त्यसमध्ये ६९ हजार ९८ जनाले कोरियन रोजगारीका लागि जब एप्लिकेसन फारम भरेका थिए।

सन् २०१८ मा पास भएका मध्ये कृषि क्षेत्रकै तीन हजार कामदार बाँकी छन्। ती कामदार एक वर्षभित्र जाने ईपीएस शाखाले जनाएको छ। सन् २०१९ मा उत्तीर्ण भएकाको डाटा इन्ट्रीको काम सुरु भएको छ। सरकारले बर्सेनि नेपालबाट सात हजारदेखि आठ हजार कामदार कोरिया पठाउँदै आएको छ। कोरियाले १६ मुलुकबाट वार्षिक ५० हजारभन्दा बढी कामदार लैजान्छ। ‘अन्य देशको तुलनामा पास हुने र जाने नेपालीको संख्या बढी छ’,ईपीएस प्रमुख खनालले भने, ‘तर पास हुने, कोरिया जान चाहने आकांक्षी धेरै भएकाले पनि रोकिएको संख्या बढी देखिएको हो।’ अन्य देशको तुलनामा कोरियाले नेपाललाई उच्च प्राथमिकता दिएर कामदार लगिरहेको उनको भनाइ छ।

सिफारिस

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। सभापति पदमा उनको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित...

प्रहरीलाई पनि अब महिनाको दुइ पटक तलब

काठमाडौं । नेपाल प्रहरीले अबदेखि महिनामा दुई पटक तलब पाउने भएका छन्। प्रहरी प्रधान कार्यालयले मातहतका सबै कार्यालयलाई परिपत्र गर्दै आगामी आर्थिक वर्ष २०८३/८४...

विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ - सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको...

भर्खरै

प्रहरीलाई पनि अब महिनाको दुइ पटक तलब

काठमाडौं । नेपाल प्रहरीले अबदेखि महिनामा दुई पटक तलब...

विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ - सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका नेकपा (एमाले)का...

रविले दिए सभापतिमा उम्मेदवारी, बालेन बने प्रस्तावक

चितवन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

आफैं गाडी चलाउँदै रास्वपा महाधिवेशनस्थल पुगे बालेन (तस्वीरहरु)

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

सुर्खेत — नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल...

राहदानी छपाइ प्रकरण : १८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं - विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइ तथा प्रणाली व्यवस्थापनसम्बन्धी...

धेरै पढिएको