कांग्रेसभित्रको आन्तरिक विवाद अझै सल्टिएन

काठमाडौं – प्रमुख प्रतिपक्षी दलका रुपमा कमजोर भूमिका खेलेको आरोप लाग्दै आएको कांग्रेसभित्रको आन्तरिक विवाद अझै सल्टिएको छैन ।

सभापति शेरबहादुर देउवाले पार्टीलाई बहुमतबाट सञ्चालन गर्न खोजेको आरोप लगाउँदै संस्थापन इतर समूहले पार्टीको मंसिर २६ गतेदेखि केन्द्रीय समिति बैठक बहिस्कार गर्दैआएको छ ।

सुरुमा महाधिवेशन कार्यतालिका सार्वजनिक गर्नुपर्ने माग गर्दै बैठक बहिस्कार गर्दै आएको असन्तुष्ट समूह पुस ११ गतेको निर्णयपछि सभापति देउवासँग थप चिढिएको हो ।

बरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बहिस्कारका बीच पुस ११ गते बहुमतबाट पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुका साथै विभाग संख्या २८ बाट ४७ पुर्‍याउने, नेपाल तरुण दलको समयावधि ६ महिना थप गर्नेलगायत निर्णय भएको थिए ।

केन्द्रीय समिति बैठक बहिस्कार र बहुमतबाट निर्णय गर्ने दुबै विषय गलत भन्दै सहमतिमै पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै आएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने निर्णयपछि सभापति देउवासँग रुष्ट बनेका थिए ।

नेता सिटौलाले देउवालाई भेटेर पार्टीमा एकता कायम गराउन ध्यानाकर्षण पत्र बुझाएका थिए भने वरिष्ठ नेता पौडेलले जिल्ला सभापति भेला बोलाएर सभापति देउवालाई दबाब दिएका थिए ।

पार्टीभित्र सहमतिका लागि पटक पटक नेताहरुबीच छलफल भए पनि सहमति भने हुन सकेको छैन ।

सभापति देउवाले असन्तुष्ट समूहसँग छलफलका लागि उपसभापति विमलेन्द्र निधिलाई जिम्मेवारी दिएका छन् भने पौडेलले नेता प्रकाशमान सिंहको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति बनाएका थिए ।

कार्यदलले महाधिवेशन कार्यतालिका, विभाग गठन, नेपाल विद्यार्थी संघ गठन र नेपाल तरुण दलका विषयमा प्याकेजमै सहमति जुटाउन गरेका प्रयासले सार्थकता पाउन नसकेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा खगेन्द्र भण्डारीले लेखेका छन् ।

सिफारिस

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन हुँदै छ। काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोक (टोटीपाखा) देखि धादिङको धुनिबेँसी नगरपालिका–स्थित सिस्नेखोलासम्म...

फोटो पत्रकारलाई एआई सीपमा दक्ष बनाउन एनएफपिजेको दुईदिने कार्यशाला सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका लागि कृत्रिम बौद्धिकता सीप: व्यावसायिक क्षमता अभिवृद्धि’ विषयक दुईदिने कार्यशाला सम्पन्न भएको छ। कार्यशालामा एआई...

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका...

भर्खरै

फोटो पत्रकारलाई एआई सीपमा दक्ष बनाउन एनएफपिजेको दुईदिने कार्यशाला सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो...

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

धेरै पढिएको