काठमाडौं युरो स्कुललाई ‘इमर्जिङ सेन्टर अवार्ड’

काठमाडौं – काठमाडौं युरो स्कुल गोगंबु बानियाटारले ‘इमर्जिङ सेन्टर अवार्ड’ हात पारेको छ । होटेल अन्नपूर्ण दबारमार्गमा युरो इन्टरनेशनलद्वारा आयोजित एक्सिलेन्स अवार्ड–२०१९ मार्फत सम्मान गरेको हो।

उक्त अवार्ड नेपालभरी रहेका आफ्ना केन्द्रहरुमध्येबाट उत्कृष्ट विद्यालयमा पर्न सफललाई हरेक वर्ष प्रदान गर्दै आएको छ । यो वर्ष भने त्यो अवार्ड युरो स्कुलले जित्न सफल भएको हो।

कार्यक्रममा विद्यालयको तर्फबाट युरो स्कुलका अध्यक्ष प्रमोद पाण्डे र निर्देशक राजाराम पुडासैनीले सहभागिता जनाएका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले अभिभावकको माया, शिक्षकशिक्षीका तथा कर्मचारीहरुको मिहेनत र सहयात्री साथीहरूको प्रतिबद्धताले मात्रै ‘इमर्जिङ सेन्टर अवार्ड’ पाउन सफल भएको भन्दै खुसी व्यक्त गरे ।

त्यस्तै  विद्यालयका निर्देशक पुडासैनीले स्कुलको उपलब्धिलाई संस्थागत गरि आगामी दिनमा अझै मिहेनत गरेर अघि बढ्न उर्जा मिलेको बताए ।

कार्यक्रममा नेपालमा भएका सम्पुर्ण युरो किड्स विद्यालय र युरो ईन्टरनेशनलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सिफारिस

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन आज बिहान ललितपुरको कुपन्डोललगायत विभिन्न...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार मनाइएको छ। यस अवसरमा नेपाली सेनाले तालिमप्राप्त कुकुरहरूको विशेष सीप तथा कलाकौशल प्रदर्शन गरेर कुकुर...

भर्खरै

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...

धेरै पढिएको