काठमाडौं – काठमाडौंको बालुवाटारस्थित आर्शीवाद बोर्डिङ स्कुलमा इन्टरटेनमेन्ट फेयर शनिबार सम्पन्न भएको छ ।
विद्यालयद्धारा शनिबार आयोजित कार्यक्रममा वडा अध्यक्ष, शिक्षक, अभिभावक, विद्यार्थी, पूर्वविद्यार्थीहरु, विभिन्न छिमेकी स्कुलका प्रधानाध्यापकहरुलगायत गरी करिब २०० जना सहभागी भएका थिए ।
उक्त मेलामा विद्यार्थीहरुले अतिरिक्त क्रियाकलापबाट सिकेर बनाएका विभिन्न सामाग्रीहरुको प्रदर्शन गरिएको थियो । साथै, कार्यक्रम अन्र्तगत साँस्कृतिक कार्यक्रममा विद्यार्थीहरुले आ–आफ्नो कला प्रस्तुत गरेका थिए ।
सोही कार्यक्रममा शिक्षकहरुले विद्यार्थीहरुका अभिभावकहरुसँग उनीहरुको पढाईबारे पनि अन्तरक्रिया गरेका थिए । विद्यालयले हरेक बर्ष यस्तो खालका कार्यक्रमको आयोजना गर्दै आएको छ ।







