सिन्धुली – सिन्धुलीकाे दुम्जामा रहेकाे पिता स्व: कृष्णप्रसाद काेइरालाकाे घर हेर्न पुगेका नेपाली कांग्रेसका महामन्त्री डाः शसांक काेइराला र केन्द्रीय सदस्य शेखर काेइराला द्वाेयले जीर्ण घरकाे छिटैनै पुन:निर्माण गर्ने प्रतिबद्धता जाएर गर्नुभएकाे छ ।
विपी काेइराला प्रतिष्ठान रामेछापले सहिद दिवसकाे अवसर पारेर “सिन्धुलीकाे दुम्जा जायाै पिता कृष्ण प्रसाद र विपी काेइराला चिनाै , दुम्जालाई राजनितीक तिर्थकाे रुपमा विकास गराै” भन्ने मुल नारा सहित शुक्रबार अायाेजना गरिएकाे अामसभामा जानेक्रममा पुर्खाैली घर हेर्न पुगेका काेइराला दाजुभाइले जिर्ण भएकाे घर पुन: निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएकाे हाे ।दुम्जा सम्म पुग्ने बाटाेकाे समस्यालाई पनि कांग्रेसकाे सरकार अाउनासाथ कालाेपत्र गर्ने घाेषणा समेत गर्नु भयाे ।
दुम्जाबासीकाे लागि अावस्यक सबै किसिमकाे सहयाेग गर्ने पनि बताउनु भयाे । दुम्जा साच्चिकै राजनीतिक तिर्थ बन्नु पर्ने कुरामा जाेड दिनु भयाे । जहाबाट स्वतन्त्रताकाे पहिलाे अान्लाेलन पिता कृष्णप्रसादले सुरु गर्नु भएकाे थियाे भने साेहि अान्दाेलनलाई विपी काेइरालाले नेपाली कांग्रेस पार्टी दर्ता गरेर अान्दोलन पूरा गर्नु भएकाे थियाे त्यसैले दुम्जा राजनितीक तिर्थ स्थल भनेर मान्न सकिने समेत काेइरालाले बताउनु भयाे ।
