रामेछाप -गृह मन्त्रालयले रामेछापकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी पाण्डे केसीलाई सरुवा गरेको छ । उहाँको गृह मन्त्रालयमा सरुवा भएको हो । केसी सहित आइतबार मन्त्रालयले प्रथम र द्धितिय श्रेणीका ३२ जना अधिकारीहरुलाई सरुवा गरेको हो ।
माघ १९ गतेको मन्त्रीस्तरको निर्णयबाट केसीको सरुवा भएको हो । गृह मन्त्रालयबाट रामेछापको प्रमुख जिल्ला अधिकारीको रुपमा करिव १० महिना अघी केसी रामेछाप आउनु भएको थियो ।
मन्त्रालयले केसीको स्थानमा महिलालाईनै प्रमुख जिल्ला अधिकारी वनाएर पठाउने निर्णय गरेको छ । जिल्लामा पहिलो पटक राजपत्रांङ्कित प्रथम श्रेणी अर्थात सहसचिव स्तरको प्रमुख जिल्ला अधिकारीको रुपमा रुद्रादेवि शर्मालाई पठाउने भएको छ । संयोगनै भनौं रामेछाप जिल्लामा द्धितिय श्रेणीको अन्तिम प्रजिअ महिला र प्रथम श्रेणीको पहिलो प्रजिअ पनि महिलानै हुनुभएको छ ।
प्रमुख जिल्ला अधिकारीको रुपमा पहिलो जिल्ला सम्हाल्नु भएकी केसीले रामेछापमा विना विवाद आफ्नो कार्यकाल पुरा गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारीको रुपमा उहाँले प्रशासनिक काम कर्तव्य र अधिकारका अतिरीक्त जिल्लाको विकास निर्माण अवलोकन तथा नागरिकका गुनासाहरुको संवोधनका लागि सवै वडामा पुग्ने अभियान थाल्नु भएको थियो । भलै उक्त अभियान उहाँले पुरा गर्न पाउनु भएन । दुर्गम मानिएको गौश्वारा र गुम्देलको लाहाछेवर सम्मका नागरिकको सुखदुख्ख वुझ्न केसी पुग्नु भएको थियो । प्रमुख जिल्ला अधिकारी दुर्गममा पुग्दा नागरिकले पाएको सास्तीको बयान सुन्नुको साथै विकास निर्माणमा प्रतत्क्ष अनुगमन हुने गरेको थियो ।
रामेछापकी प्रमुख जिल्ला अधिकारीको सरुवा अव आउने प्रजिअ पनि महिला
