काठमाडौं – बिहीबार देशभरिकै मौसम पूर्णरुपमा नखुल्ने मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले बिहीबार कतै पनि पारिलो घाम नलाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार यसकै प्रभावले बिहीबार पूर्व र पश्चिमी पहाडी क्षेत्रको एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । यस्तै बिहीबार बिहान खुलेको ठाउँको मौसम पनि दिउँसोपछि बदली हुनेछ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ २३ गते (बिहीबार)
दिउँसोः देशका पुर्वी र मध्य पहाडी भू-भागमा अपरान्ह पछि आंशिक देखि सामान्य बदली रही पश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पुर्वी र पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
रातीः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भाग सामान्यतया सफा रहने छ।
माघ २४ गते (शुक्रबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भाग सामान्यतया सफा रहने छ। देशको पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।
रातीः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भाग सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।
माघ २५ गते (शनिबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
रातीः देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाकि भू-भागमा सामान्यतया सफा रहने छ।
