काठमाडौं – त्रिभुवन विश्वविद्यालयले यही फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित गरेको छ ।
त्रिविको सोमबार बसेको कार्यकारी परिषद्को बैठकले हाललाई निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।
कार्यकारी परिषद्को यो निर्णयसँगै यो वर्ष स्ववियु निर्वाचन नहुने लगभग पक्का भएको छ ।
कार्यकारीको बैठकले १४ गते हुने निर्णय भएकोमा विशेष कारणवश अर्को निर्णय नभएसम्मका लागि स्थगित भएको उल्लेख गरेको छ ।
