नेपालगञ्ज – नेपाल प्रेस युनियनकाे आगामी चैतमा आयोजना हुने नवौं राष्ट्रिय महाधिवेशनका लागि बाँकेको नेपालगञ्जमा सचिवालय स्थापना गरिएको छ ।
चैतकाे २१ र २२ गते हुने महाधिवेशनका लागि युनियनले मंगलबार नेपालगन्जमा सचिवालय स्थापना गरेको छ । युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले अाज एक कार्यक्रम बीच अाैपचारीक रुपमा सचिवालयको उदघाटन गरेका गर्नुभएकाे छ ।
अध्यक्ष सिग्देलले नेपालगञ्ज महाधिवेशनलाई भब्य बनाउने बताउनु भएकाे छ । उहाँले महाधिवेशनमा देशभरिबाट युनियन सम्बद्ध झन्डै दुई हजार पत्रकार नेपालगञ्ज आउने जानकारी दिनुभयाे ।
यसै गरि महाधिवेशन सम्पन्न गर्न उप–महासचिव प्रेम केसीको संयोजकत्वमा महाधिवेशन परिचालन समिति र विभिन्न उपसमिति गठन समेत गरिएको छ ।
