काठमाण्डाै – पश्चिम जर्मनीको हनाउ शहरमा रहेको एउटा रेस्टुरेन्टमा गोली चल्दा आठ जनाको ज्यान गएको छ ।
घटनामा अन्य पाँच जना घाइते भएका छन् । गोली चलाउनेको परिचय खुलि नसकेको र घटनाको थप विवरण आउँन बाँकी रहेको बीबीसीले जनाएको छ ।
हनाउ शहरकै अर्को रेस्टुरेन्टमा पनि गोली चलेको बताइएकाे छ । जर्मन अधिकारीहरू घटनापछि आक्रमणकारी त्यहाँबाट भागेको र ती आक्रमणकारीको व्यापकरुपमा खोजी भइरहेको बताएका छन्।
