काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीका १० रुटमा आज सवारी साधन निषेध गरेको छ । शिवरात्री मेलाको कारण गौशालातर्फ जाने १० ओटा रुट अवरुद्ध हुने महाशाखाले जनाएको छ । मेलाको समयमा वैपल्पिक बाटोको प्रयोग गर्न महाशाखाले आग्रह गरेको छ ।
चावहिलबाट गौशाला, पुरानो बानेश्वरबाट गौशाला, ज्ञानेश्वरबाट रातोपुल हुदै गौशालातर्फ जाने सवारी निषेध गरिएको महाशाखाले जनाएको छ ।
यस्तै द्धारिका होटलको उत्तर तर्फको शाखा मार्ग, सिफल चौरबाट जय बागेश्वरी तर्फ, लामापोखरी कुटुवहालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ, तिलगंगाबाट गौशालातर्फ, तिनकुनेबाट सिनामंगल तिलगंगातर्फ र जोरपाटी नारायणटारबाट करिडोरको बाटो हुँदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ निषेध गरिने महाशाखाले बताएको छ । रिङरोडमा सधैंझै सवारी चल्ने महाशाखाले जनाएको छ ।
