काम गर्न नसक्ने मन्त्रीहरुलाई हटाउँदै ओली सरकार, को को आउँदै छन् नयाँ मन्त्री ?

काठमाडौं – सरकार गठन भएको दुई वर्षपछि प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्य अगाडि बढाएका छन् ।

दुई वर्षको अवधिमा पनि प्रतिबद्धताअनुसार काम गर्न नसक्ने मन्त्रीहरुलाई हटाएर नयाँ मन्त्री बनाउने विषयमा उनले परामर्थ अगाडि बढाएका छन् ।

यसअघि गत मंसिर १५ मा प्रधानमन्त्री ओलीले ५ मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गरेका थिए ।

सरकारका कामलाई प्रभावकारी बनाउन उनले पछिल्लो चरणमा नियुक्त गरेका बाहेकका अन्य मन्त्री हेरफेर गर्ने गरी गृहकार्य अगाडि बढाइएको प्रधानमन्त्री निकट एक सचिवालय सदस्यले बताए ।

उनका अनुसार यही फागुनभित्र नै मन्त्रिमण्डल विस्तार गर्नेछन् ।

प्रधानमन्त्री ओलीले यसअघि अध्यक्ष दाहालसँग सामान्य छलफल गरेर एकलौटी रुपमा मन्त्री नियुक्ति गर्दै आउनु भएको थियो । त्यसले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहितका केही नेता असन्तुष्ट बन्नुभएको थियो । प्रधानमन्त्रीले एकलौटी ढंगले मन्त्री बनाउँदा त्यसले पार्टीभित्र असन्तुष्टि विवाद मात्र बढेन, मन्त्रीहरु नै अनेक विवादमा पर्न थाले । त्यसबाट प्रधानमन्त्री ओलीको आलोचना हुन थाल्यो । मन्त्रीहरुको विषयलाई लिएर आफ्नो आलोचना हुन थालेपछि प्रधानमन्त्रीले पछिल्लो समय वरिष्ठ नेताद्वय नेपाल र खनालसँग समेत परामर्श गर्न थाल्नुभएको छ । बाँस्कोटा प्रकरणपछि प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच छलफल भएको छ ।

प्रधानमन्त्रीले जनचाहना अनुसार काम गर्न नसकेका केही मन्त्रीहरुलाई फेर्ने उदेश्ले नेपाल र खनाललसँग संवाद शुरु गर्नुभएको स्रोत बताउँछ । दुई मन्त्रालय रिक्त र केही हेरफेर हुने संकेत पाएपछि नेकपामा मन्त्रीको लागि फेरि दौडधुप हुन थालेको छ । केही नेता भने अघिल्लो पटकको लोकप्रियताकै कारण फेरि मन्त्री बन्ने आशमा छन् । त्यहीभित्र पर्नु हुन्छ पूर्व मन्त्रीद्वय सोमप्रसाद पाण्डे र महेश बस्नेत । पाण्डे मंसिर ४ को पुर्नगठनमै मन्त्री हुने चर्चा थियो । तर विभिन्न कारणले उहाँ समेटिनु भएन । अहिले फेरि मन्त्रीमा उहाँको चर्चा हुन थालेको छ । त्यस्तै अर्को पूर्वमन्त्री बस्नेत फेरि मन्त्री बन्न दौडधुप गरिरहनुभएको स्रोत बताउँछ ।

यो पनि पढ्नुहोस्

२० हजार पनि तिर्न सक्दैनन् एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत !

सिफारिस

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस। ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै १३५ वर्षअघि अमेरिकाको सिकागो सहरका श्रमिकले सडकमा ओर्लिएर...

मौसम: आज कहाँ पर्छ पानी ?

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (बुधबार बिहान) कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था...

घट्यो डिजेल-मट्टितेलको मूल्य

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो। इण्डियन आयल कर्पोरेशनबाट...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मौसम: आज कहाँ पर्छ पानी ?

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

घट्यो डिजेल-मट्टितेलको मूल्य

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।मंगलबार...

इलाममा माधव नेपालको पार्टीको हरिबिजोग, जितबहादुरले पाए जम्मा ४०८ मत

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ...

इलाममा घण्टी उम्मेदवार मिलन लिम्बूको जमानत जफत

इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन योङहाङ लिम्बूको...

इलाम- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ...

सिधा कुरालाई समाचार र भिडियो हटाउन सर्वोच्चको आदेश

काठमाडौं - सर्वोच्च अदालतले स्टिङ अपरेसनसम्बन्धी प्रकाशित समाचार २४...

धेरै पढिएको