आज तुलसी रोप्ने हरिशयनी एकादशी, यस्तो छ महत्व र पूजा विधि

काठमाडौं । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी। आइतबार सनातन धर्मावलम्बी आँगनमा तुलसीरोपण गर्दैछन्। आइतबार एकादशी तिथि बिहान ९ : ४६ बजेसम्म रहेको पञ्चांगमा उल्लेख छ।

एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको बिरुवा हरिशयनी एकादशीका दिन सार्ने परम्परा छ।

आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसी भगवान् विष्णु र विष्णुप्रियाका नामले चार महिनासम्म पूजा गर्ने परम्परा छ। यो अवधिलाई चतुर्मास भनिन्छ। कार्तिक शुक्ल (हरिबोधिनी) एकादशीमा तुलसीविवाह गरेपछि चतुर्मास सम्पन्न हुन्छ।

आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने मान्यतास्वरूप चार महिनासम्म विशेष मांगलिक कार्य गरिँदैन। यो अवधिमा भगवान् विष्णुसँग सम्बन्धित व्रत–उपवास र पूजापाठलाई महत्त्व दिइन्छ।

वर्षमा पर्ने २४ एकादशीमध्ये हरिशयनी र हरिबोधिनी एकादशीलाई विशेष महत्त्व दिइन्छ। वैष्णव धर्म लिएकाहरूले एकादशीलाई विशेष महत्त्व दिए पनि स्मृति मान्नेहरूले यसलाई सामान्य किसिमले मनाउँछन्।

आयुर्वेदिक औषधिका रूपमा समेत तुलसीको उपयोग गरिन्छ। धेरै अक्सिजन फ्याँक्ने वनस्पतिका रूपमा तुलसीको महत्त्व छ।

पौराणिक कथा

सत्ययुगमा मान्धाता नामका एक चक्रवर्ती सम्राट राज्य गर्थे । उनको राज्यमा प्रजा एकदमै सुखी र आनन्दपूर्वक बस्थे । एक समय राज्यमा लगातार तीन वर्षसम्म पानी परेन । त्यही कारण भयांकर अनिकाल सुरु भयो । प्रजा व्याकुल भए र चारैतर्फ हाहाकार मच्चियो । प्रजाको दयानीय अवस्था देखेर राजा समाधान खोज्नका लागि जंगलतर्फ निस्किए ।

यसै क्रममा विचरण गर्दै राजा मान्धाता अङ्गिरा ऋषिको आश्रममा पुगे । राजाको कुरा सुनेर अङ्गिरा ऋषिले भने, ‘तिमीले आफ्नो राज्यमा गएर देवशयनी एकादशी व्रत राख्नु । यस व्रतको प्रभावले राज्यमा अवश्य पानी पर्नेछ ।’ अङ्गिरा ऋषिको कुरा सुनेर राजा मान्धाता आफ्नो राज्य फर्किए । राजाले विधिविधानपूर्वक देवशयनी एकादशीको व्रत बसे । यसको प्रभावले वर्षा हुन थाल्यो । राज्यमा समृद्धि फर्कियो ।

पुराणमा असार एकादशीलाई विशेष महत्व दिइएको छ । धार्मिक मान्यता के छ भने यस दिन भगवान विष्णुको पूजा र व्रत गर्नाले समस्त मनोकामना पूरा हुन्छ र भगवान प्रशन्न हुन्छन् ।

पूजा विधि : बिहान उठेर नुहाएर शरीर शुद्ध गर्ने । त्यसपछि देवशयनी एकादशी व्रत बस्न सकिन्छ । पूजास्थलमा भगवान विष्णुको प्रतिमा स्थापना गरेर पूजाआजा गर्नुपर्छ । भगवान विष्णुलाई पहेँलो फूल, पहेँलो वस्त्र, पहेँलो चन्दन चढाउनुपर्छ । उनको हातमा शंख, चक्र, गदा र पद्मले सुशोभित गर्नुपर्छ ।

सिफारिस

नेपाली राजनीतिमा २०२५ : इतिहासकै दुर्लभ घट्नाले मुलुक नयाँ मोडमा

काठमाडौं - सन् २०२५ नेपालका लागि राजनीतिक दृष्टिले उल्लास र चुनौतीले भरिएको वर्ष रह्यो । राजनीतिक अस्थिरताका कारण देशमा ठूलो विध्वंश समेत भयो ।...

नेपाली शिरको गौरव: ढाकाटोपी

ढाकाटोपी केवल एउटा शिर छोप्ने कपडामात्र नभएर यो नेपाली इतिहासको साक्षी र स्वाभिमानको उच्च आधार हो। यस आलेखमा ढाकाटोपीको नामको तात्विक अर्थ, यसको सांस्कृतिक...

आज १३औँ नेपाली टोपी दिवस मनाइँदै

काठमाडौं — जागरुक युवा अभियान नेपालले यस वर्ष पनि १३औँ नेपाली टोपी दिवसका रूपमा मनाउन सबै नेपालीलाई आग्रह गरेको छ । अंग्रेजी नयाँ वर्षको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नेपाली शिरको गौरव: ढाकाटोपी

ढाकाटोपी केवल एउटा शिर छोप्ने कपडामात्र नभएर यो नेपाली...

आज १३औँ नेपाली टोपी दिवस मनाइँदै

काठमाडौं — जागरुक युवा अभियान नेपालले यस वर्ष पनि...

भृकुटीमण्डपमा थरिथरिका च्याउ (तस्वीरहरू)

नेपालमा पहिलो पटक राष्ट्रिय च्याउ दिवस मनाइएको छ ।...

राप्रपा समानुपातिकको बन्दसूचीमा पुष्पराज शीर्ष तीनमा

काठमाडौँ — राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले समानुपातिकतर्फको बन्दसूचीमा...

काठमाडौंमा तमु ल्होसारको रौनक (तस्वीरहरू)

काठमाडौँ — गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु...

पर्यटन बोर्डमा नेपालकै पहिलो ड्रोन फोटो प्रदर्शनी हुने 

काठमाडौँ — नेपालमै पहिलोपटक ड्रोन प्रविधिबाट खिचिएका तस्बिरहरूको विशेष...

धेरै पढिएको