आज १३औँ नेपाली टोपी दिवस मनाइँदै

काठमाडौं — जागरुक युवा अभियान नेपालले यस वर्ष पनि १३औँ नेपाली टोपी दिवसका रूपमा मनाउन सबै नेपालीलाई आग्रह गरेको छ । अंग्रेजी नयाँ वर्षको दिन जनवरी १ (पुस १७) लाई नेपाली टोपी दिवसका रूपमा मनाइँदै आएकोमा यस वर्षको नारा ‘नेपाली टोपी हाम्रो शान : सबै पोशाकलाई सम्मान’ तय गरिएको छ।

सदियौँदेखि नेपाली पहिचानका रूपमा चिनिँदै आएको दौरा सुरुवाल, ढाकाटोपी र गुन्यूचोलोलाई तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रिय पोशाकको सूचिबाट हटाएपछि नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रूपमा घोषणा गरियोस् भन्ने मागसहित अभियान सुरु गरिएको अभियन्ताहरूले बताएका छन्। यही अभियानअन्तर्गत विगत १२ वर्षदेखि निरन्तर रूपमा नेपाली टोपी दिवस मनाइँदै आएको छ।

अभियानले ढाकाटोपी र भादगाउँले टोपीलाई नेपाली राष्ट्रिय पहिचानका रूपमा औपचारिक घोषणा गर्न सरकारसँग जोडदार माग गरेको छ। साथै नेपाल बहुजातीय तथा बहुसांस्कृतिक मुलुक भएकाले विभिन्न जातीय टोपीहरूको संरक्षण र प्रवर्द्धनमा समेत ध्यान दिन सरकारसँग आग्रह गरिएको छ।

अभियन्ताहरूले यस वर्ष पनि पुस १७ गते सम्भव भएसम्म दौरा सुरुवाल, टोपी र गुन्यूचोली लगाउन, नसके नेपाली टोपी अनिवार्य रूपमा लगाउन सबैमा आह्वान गरेका छन्। नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रूपमा स्थापित गर्न सामाजिक सञ्जालको अधिकतम प्रयोग गरी टोपीसहितका तस्बिरहरू सार्वजनिक गर्न अनुरोध गरिएको छ।

विगतदेखि अभियानलाई निरन्तर साथ र सहयोग गर्दै आएका सञ्चारकर्मीहरूप्रति कृतज्ञता व्यक्त गर्दै यस वर्ष पनि सहयोगको अपेक्षा गरिएको छ। साथै अभियानलाई अझ व्यापक बनाउन सबैले आ–आफ्नो स्थानबाट प्रचारप्रसारमा जुट्न आम नागरिक, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अपिल गरिएको छ।

यस वर्ष नजिकिँदै गरेको निर्वाचन, सुरक्षा संवेदनशीलता र देशको विषम परिस्थितिलाई ध्यानमा राख्दै सार्वजनिक स्थलमा औपचारिक कार्यक्रम तथा प्रभातफेरी आयोजना नगरिने अभियानका संयोजक घनश्याम श्रेष्ठले जानकारी दिए । “हामी जहाँ छौँ, जे सकिन्छ, त्यहीँबाट टोपी दिवस मनाऔँ,” भन्दै अभियानलाई साझा अभियानका रूपमा अघि बढाउन सबैलाई आह्वान गरे।

सिफारिस

वसन्तपुरमा होलीको रौनक (तस्वीरहरू)

विगत वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ । विशेषगरी युवायुवतीले रौनक थपेका छन् । नेपाल घुम्न आएका विदेशी नागरिक पनि होलीको खुसीमा सँगसँगै...

 फोटो पत्रकार प्रदीपराज वन्त सम्मानित

काठमाडौँ — राष्ट्रिय समाचार समिति (रासस) ले स्थापनाको ६५औँ वार्षिकोत्सवका अवसरमा विभिन्न शाखामा कार्यरत उत्कृष्ट कर्मचारी, पत्रकार तथा स्थानीय समाचारदातासहित ११ जनालाई पुरस्कार तथा...

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना...

भर्खरै

 फोटो पत्रकार प्रदीपराज वन्त सम्मानित

काठमाडौँ — राष्ट्रिय समाचार समिति (रासस) ले स्थापनाको ६५औँ...

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ...

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम...

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक...

धेरै पढिएको