दिल्लीबाट के सन्देश ल्याए पूर्व राजा ज्ञानेन्द्रले ?

२०७६ फागुन ४ गते भारत भ्रमणमा गएका पूर्व राजा ज्ञानेन्द्र विक्रम शाह २०७६ फागुन १८ गते स्वदेश फर्किएका छन् । भारतको राजधानी नयाँदिल्ली हुँदै अमृतसर पुगेका पूर्व राजा ज्ञानेन्द्र तथा उनकी पत्नी कोमललगायतको टोलीले २०७६ फागुन ८ गते विश्वप्रसिद्ध स्वर्ण मन्दिरमा पूजापाठ गरेको थियो र त्यसको अघिल्लो दिन २०७६ फागुन ७ गते नेपालको प्रजातन्त्र दिवसका दिने अमृतसरमा नै कोमल राज्यलक्ष्म्ी शाहको जन्मोत्सब पनि पूर्वराजको टोलीले मनाएको थियो ।

२०६५ साल जेठ २९ गते राजगद्दी र राजदरबारबाट बाहिरिएका पूर्वराजा ज्ञानेन्द्रविक्रम शाहले पटक पटक भारतको भ्रमण गरेका छन् ।

यसभन्दा अगाडि व्यक्तिगत र धार्मिक यात्रा गर्दै आएका भएपनि मुलुक राजतन्त्र समाप्त भएर गणतन्त्रमा प्रवेश गरेको ११ वर्ष पछि २०७६ फागुन ४ गते भारतको राजधानी नयाँदिल्ली पुगेका पूर्वराजा ज्ञानेन्द्रले पहिलोपटक राजनीतिक भ्रमण गरेको टिप्पणी काठमाडौंदेखि नयाँ दिल्लीसम्म समेत भएको छ ।

पूर्वराजा ज्ञानेन्द्रविक्रम शाहले भारतको शीर्ष राजनीतिक व्यक्तिहरुसँग भेटघाट गरेर भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहको विशेषदूत भएर काठमाडौं आएका कर्ण सिंहले आगडि बढाएको त्रिपक्षीय सम्झौतालाई आफूले इमान्दारिपूर्वक निर्वाह गरेको भएपनि उक्त सम्झौताका अन्य पक्ष संसदवादी सात दलका साथै तत्कालीन विद्रोही माओवादी र मध्यस्थताको भूमिका निर्वाह गरेको भारतीय पक्ष इमानदार नभएको गुनासो व्यक्त गरेका स्रोतले बताएको छ । यो समाचार आजको साँघु साप्ताहिकमा छ ।

सिफारिस

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा फोटो पत्रकारहरूका लागि दुईदिने ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ तालिम शनिबारदेखि काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

धेरै पढिएको