प्रधानमन्त्री ओलीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको छ। मिर्गौला दाता समीक्षा संग्रौलाको शल्यक्रिया सकिए लगत्तै प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएको अस्पतालको उच्च स्रोतले जानकारी दिएको हो।

प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि बुधबार बिहान १० बजे शल्यक्रिया कक्षमा लगिएको हो। चिकित्सकले शल्यक्रिया सम्पन्‍न गर्न ४ देखि ५ घण्टासम्म लाग्‍ने बताएका छन्। मिर्गौला प्रत्यारोपण टिममा शिक्षण अस्पतालका अनुभवी चिकित्सकसँगै पहिलो प्रत्यारोपणमा सहभागी तीनजना भारतीय चिकित्सकसमेत रहेका छन्।

त्रिवि शिक्षण अस्पतालको उच्च स्रोतले दिउँसो ४ बजेपछि शल्यक्रिया र प्रधानमन्त्रीको अवस्थाबारे जानकारी दिने बताएको छ।

सिफारिस

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन हुँदै छ। काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोक (टोटीपाखा) देखि धादिङको धुनिबेँसी नगरपालिका–स्थित सिस्नेखोलासम्म...

फोटो पत्रकारलाई एआई सीपमा दक्ष बनाउन एनएफपिजेको दुईदिने कार्यशाला सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका लागि कृत्रिम बौद्धिकता सीप: व्यावसायिक क्षमता अभिवृद्धि’ विषयक दुईदिने कार्यशाला सम्पन्न भएको छ। कार्यशालामा एआई...

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका...

भर्खरै

फोटो पत्रकारलाई एआई सीपमा दक्ष बनाउन एनएफपिजेको दुईदिने कार्यशाला सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो...

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

धेरै पढिएको