मिर्गौला प्रत्यारोपणमा नेपाली डाक्टरहरु विकशित देशका जत्तिकै अब्बल छन् : सांसद आले

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा डोटीबाट निर्वाचित सांसद प्रेमबहादुर आलेले मिर्गौला प्रत्यारोपणमा नेपाली डाक्टरहरु विश्वका कुनै पनि विकशित देशका जत्तिकै अब्बल र सक्षम भएको बताएका छन् ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक सफल मिगौला प्रत्यारोपण भएपछि प्रधानमन्त्री ओलीलाई स्वास्थ्य लाभको कामना गर्न अस्पताल पुगेका आलेले सफल मिर्गौला प्रत्यारोपणले नेपाली जनतामा राम्रो सन्देश गएको बताए । उनीसँगै नेकपाका नेता दीनानाथ शर्मा, प्रधानमन्त्रीका विदेश मामला सल्लाहकार डा. राजन भट्टराई, कोमल ओली लगायतका नेताहरु दिउँसो अस्पताल पुगेका थिए ।

सांसद आलेले अब कोही पनि नेपाली उपचारको लागि विदेश जानुपर्ने अवस्था नरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओली सबैको लागि अनुकरणी रहेको बताए । १२ वर्षअघि भारतको एपोलो अस्पतालमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री ओलीको अहिले दोस्रोपटक प्रत्यारोपण गरिएको हो।प्रधानमन्त्री ओलीलाई भाञ्जी नाता पर्ने समीक्षा संग्रौंलाले मिर्गौला दिएकी हुन्।

सिफारिस

ड्रोन दृश्यमा हेर्नुस् दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका क्रममा काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान दर्शकले खचाखच भरिएको छ। सोमबारदेखि सुरु भएको...

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउन खोजिएको भन्दै विश्व हिन्दु परिषद् नेपालको आपत्ति

काठमाडौँ - पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर भत्काएर सपिङ प्लाजा निर्माण गर्न लागिएको...

यस्तो देखियो एनपीएलका लागि तयार गरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान तयार पारिएको छ। प्रतियोगितालाई लक्षित गर्दै मैदानको...

भर्खरै

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउन खोजिएको भन्दै विश्व हिन्दु परिषद् नेपालको आपत्ति

काठमाडौँ - पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान...

यस्तो देखियो एनपीएलका लागि तयार गरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका...

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

धेरै पढिएको