चिवाभन्ज्याङको जंगे पिलरमा ओलीले झन्डा फहराएपछि सकियो संकल्प यात्रा (फोटो फिचर)

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको सिक्किमसँग जोडिएको पाँचथरको चिवाभञ्ज्याङमा नेपालको राष्ट्रिय झन्डा फहराएका छन्। यसअघि मंसिर १४ गते ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डा फहराएरै यो अभियानको थालनी गरेका थिए।

आइतबार फिदिमबाट हेलिकप्टरमा चिवाभञ्ज्याङ पुगेका ओलीले सीमाक्षेत्रमा नेपालको झन्डा फहराएसँगै संकल्प यात्रा टुंगिएको हो।

ओली मध्यपहाडी राजमार्गको पूर्वीबिन्दु चिवाभञ्ज्याङमा झण्डोत्तोलन गरेसँगै आइतबार नै काठमाडौँ फर्किने तयारीमा छन्।

मङ्सिर १४ गतेदेखि सुरु एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आइतबार बिहान पाँचथरको चिवाभञ्ज्याङ पुगेको थियो।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा यो यात्रा थालिएको थियो।

यात्रामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोलीसहित थिए।

बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा चिवाभञ्ज्याङ पुगेर राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी समापन भएको हो। पाँचथरको यो भञ्ज्याङ भारतको सिक्किमसँग जोडिएको छ।

सिफारिस

नेपालमा अनलाइन दुर्व्यवहारका घटना बढ्दै, डिजिटल शिक्षाको आवश्यकता‌

काठमाडौं - इन्टरनेटको पहुँच विस्तार तथा सामाजिक सञ्जालको व्यापक प्रयोगसँगै नेपालमा अनलाइन दुर्व्यवहारजन्य अपराधका घटनाहरू बढ्दै गएका छन् । सरोकारवाला तथा सञ्चारकर्मीहरूले यस्ता घटनाहरू...

चुङ्बा शेर्पाको सम्मानमा सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने

काठमाडौं – प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको योगदानलाई सम्मान गर्दै नेपाल सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने घोषणा गरेको छ। बिहीबार राजधानीमा...

भारतको उर्जा सप्ताहमा भाग लिएर स्वदेश फर्किए उर्जामन्त्री खड्का 

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया इनर्जी विक–२०२५’ मा भाग लिएर स्वदेश फर्किएका छन्  । भारतको राजधानी नयाँदिल्लीमा फ्रेबुअरी ११ देखि...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चुङ्बा शेर्पाको सम्मानमा सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने

काठमाडौं – प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको योगदानलाई सम्मान...

भारतको उर्जा सप्ताहमा भाग लिएर स्वदेश फर्किए उर्जामन्त्री खड्का 

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया...

तस्वीरमा हेर्नुस् रारा रिसोर्ट शिलान्यास

काठमाडौँ - मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को...

हेलम्बु गाउँपालिकामा ‘निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर’ हुँदै

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा 'निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर' हुने भएको...

आज विश्व रेडियो दिवस

काठमाडौँ - आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक...

कस्तो रहला आज देशभरको मौसम?

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला...

धेरै पढिएको