प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं – नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्।

नेपाली सेनाले असोज ३१ गते सैनिक मञ्च टुँडिखेलमा शान्ति र समृद्धिको कामनासहित आयोजना गर्न लागेको फूलपाती बढाई समारोहको तयारीबारे प्रधान सेनापति सिग्देलले बुधबार अन्तिम निरीक्षण गरेका हुन्।

निरीक्षणका क्रममा प्रधान सेनापति सिग्देलले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित पेसागत प्रतियोगितामा सर्वोत्कृष्ट हुने फर्मेसन तथा युनिटहरूलाई पुरस्कार र कदरपत्र प्रदान गरेका छन्। त्यस्तै, उत्कृष्ट कार्यसम्पादन गर्ने सैनिक तथा गैरसैनिक व्यक्तिहरूलाई प्रधान सेनापति प्रशंसा निशान प्रदान गरिएको छ।

यसैगरी, मानार्थ उपसेनानी तथा प्राविधिक उपसेनानी दर्जामा पदोन्नति भएका सुबेदार तथा प्राविधिक सुबेदारहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। प्रकृति संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने सैनिकहरूलाई प्रकृति संरक्षण पदकबाट सम्मानित गरिएको नेपाली सेनाले जनाएको छ।

अन्तिम निरीक्षण कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, सकलदर्जा, परिवारजन तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

तस्बिर: नेपाली सेना 

सिफारिस

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। बुधबार स्वदेश फर्किएका...

भर्खरै

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

धेरै पढिएको