भारतले किन रोक्यो औषधी निर्यात ? नेपाल सरकारले गर्यो यस्तो आग्रह

 

काठमाडौँ – सरकारले औषधि निर्यात फुकुवा गर्न भारतलाई आग्रह गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेनलमा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले औषधि निर्यात खुलाउन आग्रह गर्ने निर्णय भएको जानकारी दिएका हुन् । भारतले कोरोनाको संक्रमण देखिन थालेपछि हिजो २६ प्रकारको औषधि निर्यात प्रतिबन्ध गरेको थियो ।

सरकारका प्रवक्ता मन्त्री खतिवडाले कोरोना रोग रोकथाम तथा नियन्त्रण गर्ने विषयमा उच्चस्तरीय समन्वय समितिले नेपालको हकमा निर्यात खुलाउन भारतलाई आग्रह गर्ने निर्णय भएको जानकारी दिए । तर,सरकारले तत्कालका लागि भारतले निर्यात प्रतिबन्ध लगाएका २६ प्रकारका औषधिको स्टक नेपालसँग भएको उनले बताए । यस्तै, स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले औषधि अभाव हुन नदिन मन्त्रालयले औषधि व्यवस्था विभाग र औषधि उत्पादक कम्पनीसँग छलफल गरेको जानकारी दिए । तर भारतबाट आपूर्ति खुलाउन आवश्यक रहेको उनले बताए ।

यस्तै भारतले अत्यावश्यक औषधीको सूची उपलब्ध गराउन नेपाल सरकारसँग माग गरेको छ । २६ प्रकारका औषधी र तीनका कच्चा पदार्थ निर्यातमा कडाई गरेको भारतले नेपालसँग अत्यावश्यक औषधीको सूची मागेको हो । भारतले नेपाललाई जरुरी औषधीबारे जानकारी गराए आपूर्तिमा केही सहज बनाउने जानकारी समेत गराएको उपप्रधानमन्त्री एवं कोरोना रोकथामका लागि सरकारले बनाएको उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले बताए ।

सिफारिस

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता प्रामेज (पिजे) श्रेष्ठले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन आज बिहान ललितपुरको कुपन्डोललगायत विभिन्न...

भर्खरै

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

धेरै पढिएको