विप्लवका बाँके जिल्ला जनसरकार प्रमुख शाही रिहा

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका बाँके जिल्ला जनसरकार प्रमुख कृष्ण शाही रिहा भएका छन । गैरकानुनी रुपमा गिरप्तार गरि सुर्खेत पुर्याइएका शाहीलाई प्रहरीले झण्डै एक महिनादेखि गिरप्तार गरेको थियो ।

मंगलबार सुर्खेतबाट दैलेख लिने तयारी गर्दै गर्दा पत्रकार, मानवअधिकार कर्मी र परिवारले शाहीलाई प्रहरीबाट खोसेर भगाउन सफल भएका छन । विगत ७ महिना हिरासत बसाई पछि अदालतले रिहा गरेका शाहीलाई प्रहरीले पुन पक्राउ गरेको थियो । अभद्र व्यवहारको मुद्धामा पक्राउ परेका उनलाई जिल्ला प्रशासन कार्यलय बाँकेले फागुन २ गते ५ हजार धरौटीमा रिहा गरेको थियो । रिहा गरे लगतै परिवारको सम्पर्कमा जानै नदिए प्रहरीले फेरी पक्राउ गरेर केही समय वेपत्ता पारेको थियो ।

फागुन २ गते प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्काको रोहबरमा रिहा भएका उनलाई सिभिलमा रहेको प्रहरीले परिवारको सम्पर्कमा जानै नदिई जिप्रकाबाट पक्राउ गरेको थियो । पुनः पक्राउ परेका उनलाई प्रहरीले सुर्खेत पठाएको थियो । सुर्खेत प्रहरीले पनि उनलाई लामो समय वेपत्ता पारेर परिवारलाई समेत भेट्न दिएको थिएन ।

लामो समय जिल्ला प्रहरी कार्यलय सुर्खेतको कस्टडिमा बसेका उनलाई मुद्धा चलाउने गतिलो प्रमाण नभेटिएपछि दैलेख लैजाने तयारी गरिएको थियो । उक्त कुुराको सुइको पाएको परिवारले मानवअधिकारबादी र पत्रकार लिएर जिप्रका सुर्खेत पुगेको थियो । दैलेख लिने तयारी गर्दै गर्दा पत्रकार, मानवअधिकारकर्मी र स्थानियले शाहीलाई भगाउन सफल भएका छन । उनी अहिले स्थानिय पार्टीको सम्पर्कमा गएको बुझिएको छ ।

सिफारिस

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता प्रामेज (पिजे) श्रेष्ठले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन आज बिहान ललितपुरको कुपन्डोललगायत विभिन्न...

भर्खरै

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

धेरै पढिएको