तीनपाने रक्सी प्रयोग गरेर ललितपुरमा ‘स्यानेटाइजर’ तालीम

ललितपुर – ललितपुर महानगरपालिकाको आयोजना र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) को प्राविधिक सहयोगमा नाष्ट कार्यकक्षमा आइतबारदेखि छ दिने ‘स्यानेटाइजर’ बनाउने तालीम शुरु गरिएको छ । बजारमा कोभिड –१९ को सङ्क्रमण देखिएसँगै स्यानेटाइजरको अभाव हुँदै जाँदा उक्त तालीमको आयोजना गरिएको हो । एक दिनको तालीममा १० का दरले छ दिनसम्म गरी ६० जनालाई सिकाइने नाष्टले जानकारी दिएको छ ।

तालीममा घरेलु सामग्री (तीनपाने) रक्सीलगायत रसायन (केमिकल) प्रयोग गरेर बनाउन सिकाइँदै छ । नाष्टका वैज्ञानिकले ७० देखि ८० प्रतिशत रक्सीको मात्रा, दुई प्रतिशत गिसिरोल, शून्य दशमलव तीन प्रतिशत हाइड्रोजन पेरोअक्साइड र १८ प्रतिशत डिस्टिल वाटर प्रयोग गरेर स्यानेटाइजर निर्माण गरिसकेको र यसैअनुरुप सिकाइने नाष्टका वरिष्ठ वैज्ञानिक सजनलाल स्याउलाले जानकारी दिए ।

उनले भने, “मानिसले इथानोल अल्कोहलको ठाउँमा मिथानोल अल्कोहल प्रयोग गरेभने यसले सिधै ज्यान लिन्छ, हामीले विश्व स्वास्थ्य सङ्गठनको मान्यताअनुरुपको स्यानेटाइजर निर्माण गरी यसै अनुरुप सिकाउँदै छौँ ।” पचहत्तरदेखि ८० प्रतिशत रक्सीको मात्रा प्रयोग गरेर निर्माण गरिएको स्यानेटाइजरले झन् बढी काम गर्ने र मानिसको हातमा रहेको भाइरसको प्रोटिङ मार्न छिट्टै सफल हुने स्याउलाले बताए ।

नाष्टका वैज्ञानिकले बनाएका स्यानेटाइजरबाट जीवाणु (ब्याक्टेरिया), सूक्ष्मजीवाणु (भाइरस) र ढुसी (फङ्गस) तीनैवटाबाट सङ्क्रमण फैलिन रोक्ने नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले जानकारी दिए । वैज्ञानिकसँग स्यानेटाइजर निर्माण गर्न सिकेर घरघरमा गई सिकाउन वडा नं २४ का वडाध्यक्ष दिनेश कार्कीले आग्रह गरे । उनले भने, “महानगरपालिकाभित्रका जनताले अब बजारमा स्यानेटाइजरको अभाव हुन दिने छैनन् भन्ने विश्वास लिएको छु ।” नाष्टले बनाएको स्यानेटाइजरबाट छदेखि आठ सेकेन्डमै सूक्ष्मजीवाणु मार्न सफल हुने बताइएको छ ।

नेपालमा कोभिड–१९ को महामारी नफैलियोस् भनी आफूहरुले पूर्वसावधानीका साथ कार्यक्रम सञ्चालन गरेको वडा नं १२ का वडाध्यक्ष नारायणलाल अवालेले बताउनुभयो । उनले भने, “स्थानीय रक्सीबाट स्यानेटाइजर निर्माण हुन्छ भन्दैमा जथाभावी रुपमा बनाउने कोसिस नगर्नुहोस्, यसले मानिसलाई झन् क्षति पु¥याउँछ ।” महानगरवासीले स्यानेटाइजर निर्माण गर्न सिकेसँगै उक्त औषघि साबुनपानीको विकल्पका रुपमा पनि प्रयोग गर्न सकिने भएको छ ।

सिफारिस

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। सभापति पदमा उनको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित...

प्रहरीलाई पनि अब महिनाको दुइ पटक तलब

काठमाडौं । नेपाल प्रहरीले अबदेखि महिनामा दुई पटक तलब पाउने भएका छन्। प्रहरी प्रधान कार्यालयले मातहतका सबै कार्यालयलाई परिपत्र गर्दै आगामी आर्थिक वर्ष २०८३/८४...

विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ - सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको...

भर्खरै

प्रहरीलाई पनि अब महिनाको दुइ पटक तलब

काठमाडौं । नेपाल प्रहरीले अबदेखि महिनामा दुई पटक तलब...

विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ - सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका नेकपा (एमाले)का...

रविले दिए सभापतिमा उम्मेदवारी, बालेन बने प्रस्तावक

चितवन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

आफैं गाडी चलाउँदै रास्वपा महाधिवेशनस्थल पुगे बालेन (तस्वीरहरु)

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

सुर्खेत — नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल...

राहदानी छपाइ प्रकरण : १८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं - विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइ तथा प्रणाली व्यवस्थापनसम्बन्धी...

धेरै पढिएको