‘लकडाउन’ मा दैनिक ज्यालादारी गर्नेलाई राहत ल्याउन कांग्रेस प्रवक्ताको माग

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘लकडाउन’ मा दैनिक ज्यालादारी मजदुरका लागि यथाशीघ्र राहत प्याकेज बनाएर कार्यान्वयन गर्न सुझाव दिएका छन्। उनले ट्विटरमार्फत सरकारलाई दिएको सात सुझावको पहिलो नम्बरमा लेखेका छन्, “लकडाउनको अवधि सात दिनबाट लम्बिन पनि सक्छ, त्यस्तो स्थितिमा दिनभरि काम गरेर माम जुटाउने वर्गको चुल्हो पूरै ‘लक’ गर्न सक्छ। अतः सरकारले यथाशीघ्र राहतको प्याकेज निर्माण गरेर कार्यान्वयनको प्रक्रिया सुनिश्चित गर्नु दूरदर्शी हुनेछ।”

शर्माले खाद्यान्न अभाव र असहजता हुनसक्ने स्थिति आउन नदिन संघीय सरकारले तीनै तहको सरकारबीच समन्वय गरेर नागरिकलाई आश्वस्त बनाउन बनाउन पनि आग्रह गरेका छन्। त्यस्तै ‘सेल्फ क्वारेन्टाइन’ मा बस्ने जो कसैलाई पनि कोरोना सम्बन्धि निस्चित लक्षण देखिए सम्पर्क गर्ने ठाउँ, अस्पताल पुग्ने तरिका र उपचार प्रक्रियाबारे नागरिकको अन्यौल हटाउन पनि सुझाव दिएका छन्।

लकडाउनअघि पनि आन्तरिक संवादमा सुझाव दिइसकेको भन्दै शर्माले सरकारलाई सघाउने र घच्घचाउने दायित्व सबैको भएको बताएका छन्।

शर्माले यसलाई ‘तेस्रो विश्वयुद्ध’ भन्दै संसारले स्वास्थकर्मीहरुको नेतृत्वमा लड्नुपरेको उल्लेख गरेका छन्। स्वास्थकर्मीहरुको उच्च मनोबल राख्न, पर्याप्त पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) प्रबन्ध गर्न र प्रयोगशाला कम्तीमा सातै प्रदेशमै परीक्षणको सहज व्यवस्था गर्नुपर्ने पनि उनले उल्लेख गरेका छन्।

त्यस्तै सहि सूचना र तथ्य सम्प्रेषणका लागि एक द्वार प्रणाली तत्काल निश्चित गर्न, व्यवसायीको बैंकिङ ब्याज घटाउन र किस्ता तिर्ने समयावधि लम्ब्याउनका लागि समन्वय गर्न, प्रवासी नेपालीको सहजताका लागि भूमिका निर्वाह गर्न पनि सरकारलाई शर्माले सुझाव दिएका छन्।

सिफारिस

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता प्रामेज (पिजे) श्रेष्ठले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन आज बिहान ललितपुरको कुपन्डोललगायत विभिन्न...

भर्खरै

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

धेरै पढिएको