विशेष पासको व्यवस्था गरेर बैंक खुलाउने तयारी

काठमाडौं – अत्यावश्यक सेवा उपलब्ध गराउने प्रत्याभूतिसहित सरकारले मंगलबारदेखि १ हप्ता लकडाउन गर्ने निर्णय गरेको छ । तर सरकारको अत्यावश्यक सेवाको सूचीमा बैंकिंङ सेवालाई समावेश गरिएको भने छैन ।
नेपाल राजपत्रमा पछिल्लोपटक प्रकाशित सूचनामा अत्यावश्यक सेवाको सूचीमा परे पनि पछिल्लो निर्णयमा यो अत्यावश्यक सेवाको सूचीमा नपरेपछि भोलि बैंक खुल्छ कि खुल्दैन भन्ने अन्यौलता सिर्जना भएको छ ।
बचत गर्ने माध्यमको रुपमा रहेको बैंक नै अत्यावश्यक सेवाको सूचीमा नपरेपछि लकडाउनको समयमा दैनिक आवश्यकता पूरा कसरी गर्ने भन्नेमा नागरिकहरु चिन्तित भएका छन् ।

तर नेपाल राष्ट्र बैंकले बैंकिङ सेवा पूर्ण रुपमा बन्द नहुने जनाएको छ । राष्ट्र बैंकका कायम मुकायम गभर्नर चिन्तामणि शिवाकोटीले प्रशासनबाट विशेष पास लिएर निश्चित शाखाका क्यास काउन्टरहरु सञ्चालन गर्ने व्यवस्था मिलाउन लागेको जानकारी दिए ।

‘लकडाउनको समयमा सबै शाखाहरु नखुल्न सक्छन्, तर अत्यावश्यक सेवाको रुपमा रहेको बैंकिङ सेवा पूर्ण रुपमा बन्द पनि हुँदैन । हामी जिल्ला प्रशासन कार्यालयसँग भोलि बस्छौं, कुनै मोडालिटीबाट बैंकका शाखाहरु खुलाउन पहल गर्छौं’ कायम मुकायम गभर्नर शिवाकोटीले भने । यद्यपि यसबारे गृह मन्त्रालय वा जिल्ला प्रशासनको निर्णय नै अन्तिम हुने संकेत राष्ट्र बैंकले गरेको छ ।

मंगलबार घोडेजात्रा भएका कारण उपत्यका बिदा छ । त्यसैले सदाझैं काठमाडौं उपत्यकामा बैंकका शाखा खुल्दैनन् । मंगलबार गृह मन्त्रालय र जिल्ला प्रशासनसँग बुधबारदेखि बैठक गरेर बैंकहरुलाई आवश्यक सर्कुलर गर्ने राष्ट्र बैंकको तयारी छ ।

सिफारिस

स्वास्थ्यकर्मी र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित

काठमाडौं- स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको छ। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता...

कार्कीसहित तीनै जना निर्वाचन आयुक्त सुनुवाइ समितिबाट अनुमोदित (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा सिफारिस भएका मानबहादुर कार्कीलाई अनुमोदन गरेको छ । बुधबार बसेको समितिको बैठकले...

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि...

भर्खरै

कार्कीसहित तीनै जना निर्वाचन आयुक्त सुनुवाइ समितिबाट अनुमोदित (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा...

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

धेरै पढिएको