बालेनले नियुक्त गरे शिक्षा सल्लाहकार, रेशुले पाइन् जिम्मेवारी

काठमाडौं – काठमाडौं महानगरका प्रमुख बालेन शाहको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त भएकी छन्। उनलाई शिक्षा सल्लाहकारको रूपमा नियुक्त भएको मेयर बालेनको सचिवालयले जानकारी दिएको छ। अर्याल टिच फर नेपालको संस्थापक समेत हुन् । उनी यसअघि विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य समेत थिइन्।

केही दिनअगाडि महानगरको कानुनी सल्लाहकारको रूपमा ओमप्रकाश अर्यालसहित ५ जनालाई नियुक्त गरेको थियो।मेयर बालेनले डिना श्रेष्ठ, शंकर पुडासैनी, ओमप्रकाश अर्याल, महेश नेपाल र कुमारी खरेललाई कानुनी सल्लाहकारमा नियुक्त गरेको हो।

त्यस्तै, महानगरपालिकाले खाद्य पदार्थको अनुगमन गर्न खाद्य निरीक्षक (फुड इन्सपेक्टर) राखेको छ । बैठकले ४ देखि ५ जना खाद्य निरीक्षक राख्ने निर्णय गरेको छ । बैठकमा मेयर बालेन साहले फुड टेक्नोलोजीमा स्नातकोत्तर गरेका ४ देखि ५ जना फुड इन्सपेक्टर राख्ने प्रस्ताव गरेका थिए, जसलाई कार्यपालिका बैठकले अनुमोदन गरेको हो । खाद्य निरीक्षकले मासु पसल र खाद्य पदार्थको पसलहरु अनुगमन गर्नेछ ।

यस्तै मेयर बालेन साहले ३२ वटै वडामा वडा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडिजिपी डाक्टर र ३२ जना नर्स करार सेवामा राख्ने प्रस्ताव गरेका थिए।

महानगरका अस्थायी कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रस्ताव गरिएको छ। महानगरका सामुदायिक विद्यालयमा पूर्व प्राथमिक तहदेखि कक्षा ८ सम्म दिवा खाजाको व्यवस्था गर्ने भएको छ।

सरकारले कक्षा ६ सम्मका लागि दैनिक १५ रुपैयाँका दरले दिवा खाजाको व्यवस्था गरेको छ। महानगरपालिकाले १० रुपैयाँ थपेर २५ रुपैयाँ पुर्‍याउने भएको छ।

मेयर बालेनले वडा क्लिनिकमा एमबिबिएस गरेको डाक्टरभन्दा जनरल फिजिसियन डाक्टर राख्न सके स्वास्थ्यसम्बन्धी सरसल्लाह लिन, उपचार गर्न र कुनै समस्याको तत्काल उपचार गर्न सजिलो हुने बताए।

महानगरपालिकाका वडाहरूमा हुने विकास निर्माणको अनुगमनका लागि ३२ वटै इन्जिनियर राख्ने प्रस्ताव पनि मेयर साहले राखेका छन्।

फुटपाथ तथा पार्किङ व्यवस्थापन गर्न खटिएका नगर प्रहरीलाई प्रोत्साहन भत्ता वितरण र करारका कर्मचारीको समय थप लगायतका विषय बैठकमा पेश गरिएको थियो। यसअघि दैनिक ३ सय रूपैयाँ दिँदै आएकोमा सो रकम न्यून भएको भन्दै ५ सय दिने प्रस्ताव गरिएको छ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको