लक डाउन उल्लंघन गर्नेलाई प्रविधिको प्रयोग गरी नियन्त्रणमा लिदै प्रहरी

 

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा लक डाउन उल्लंघन गर्नेलाई प्रविधिको प्रयोग गरी प्रहरीले नियन्त्रणमा लिन थालेको छ । विश्वमा माहामारीको रूपमा फैलेएको कोरोना भाइरस( कोभिड १९) नियन्त्रणको लागी सरकारले यही चैत ११ गते देखि देशै भरी लक डाउन गरेको छ ।

लकडाउन उल्लघन गरी हिडनेलाई नियन्त्रणमा लिन महानगरीय प्रहरी कार्यालयले मातहतका कार्यालयहरूलाई १५ थान Multifunctional Arrest and Rescue Device दिएको छ । विभिन्न समयमा प्राप्त भई कार्यालयमा मौजाद रहेको सो डिभाईस मातहत कार्यालयहरूलाई प्रदान गरी सोही डिभाईस प्रयोग गरी नियन्त्रणमा लिन निर्देशन दिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनु भयो ।

अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कनुस भित्रै बस्नुस भन्दा पनी केही मानिसहरू बिना काम बाहिर निस्किरहेकाले तिनिहरूलाई नियन्त्रणमा लिदा प्रहरीलाई पनि खतरा हुन सक्ने भएकाले खतरा कम गर्नको लागी डिभाइसको सहायताले नियन्त्रणमा लिन लागिएको पोखरेलले जानकारी दिनु भयो ।

नियन्त्रण लिनु पर्ने मानिस भन्दा २/३ मिटर टाढैबाट नियन्त्रणमा लिन सकिने भएकाले केही मात्रामा खतरा कम हुने आकलन गरीएको पनि उहाले बताउनु भयो ।
सरकारले तपाई हाम्रै सुरक्षाको लागी लकडाउन गरेको हुनाले त्यसलाई कार्यान्वयन गराउन सम्पुर्ण प्रहरीहरू बाहिर रोडमा खटिएकाले प्रहरीले जबरजस्ती गर्नु भन्दा पनि स्वस्फुर्त रूपमा लकडाउनको कार्यान्वयन गरि अत्यावश्यक काम भन्दा बाहेक बाहिर ननिस्कन पनि सबैमा आग्रह गर्नु भयो ।

सिफारिस

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता प्रामेज (पिजे) श्रेष्ठले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन आज बिहान ललितपुरको कुपन्डोललगायत विभिन्न...

भर्खरै

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

धेरै पढिएको