लकडाउनकाे बेला हुदाखानेकाे ख्याल गर सरकार !

प्रज्वल दवाडी,
अाज विश्वमानव जगत् नै काेराेना भाइरस (COVID-19)काे संङ्क्रमणले तर्सिरहेकाे कुरा यहाहरु सबैलाई सर्वविधितै छ। विश्वकै शक्तिशाली मानिएका राष्ट्रहरु समेत संक्रमणबाट अछुतो रहन सकेन ।

चनईनाकाे एक सहरबाट सुरु भएकाे उक्त भाइरसकाे संक्रमण अाज विश्वकाे अत्यन्त विकसित तथा शक्तिशाली राष्ट्रहरुमा समेत फैलिसकेकाे छ । चिन ,भारत,अमेरिका,स्पेन इटलि लगाएतका देशका नागरिकले समेत संक्रमणका कारण ज्यान गुमाइसकेका छन् भने संक्रमणबाट बच्नकाे लागि भगवान संग प्रार्थना गरिरहेका छन् । । यस्ताे भयावह समयमा सरकारले देशभर लकडाउन गरि सुरक्षित रहनकाे लागि अनुराेध गरेकाेमा सरकार प्रती अाभारी छु । तर लकडाउनकाे समयमा अपनाउनुपर्ने पुर्व सतर्कता कुन हदसम्म गरियाे ,जुनहदसम्म प्रयाेग हुनुपर्ने थियाे त्याे हदसम्म भएकाे देखिएन । लकडाउन लागू गर्नु पुर्व सरकारले केही पुर्व तयारी पूरा गर्नु पर्थ्याे । किनकि हाम्रो देशमा हुनेखाने र हुदाँ खानेकाे बिचमा ठुलाे बिषमता छ । हुनेखानेले लकडाउन भरि हैन सधैभरि पनि घरभित्रै बसेर खालान् तर जाे हुदाखाने छन् तिनिहरुकाे लागि याे अत्यन्त जटिल परिस्थिति हाे ती हुदा खानेकाे याे समय के गति भयाे हाेला ? नेपालमा एकातर्फ १ कराेड भन्दाबढि जनसंख्या ले दिनभरि मजदुरि गरेर बिहानबेलुका हातमुख जाेडिरहेका छन् ,भने अधिकांश युवा पुरस्ता विदेशीने समस्याले गर्दा बालबच्चा र वृद्धवृद्धाकाे संख्या धेरै भएकाे हुदा उनिहरु अवस्था के कस्ताे हाेला ? यतातिर सरकारकाे ध्यान जायाेस ।

लकडाउन लागू गर्नु भन्दा कम्तिमा १ हप्ता पहिले गरिब तथा विपन्नलाई मध्यनजर गरेर अावश्यक राहात उपलब्ध गराउनुका साथै व्यवस्थित बनाउनु पर्थ्याे । अचानक SEE परीक्षा स्थगित गरेर लकडाउन गरियाे । फेरिपनि लकडाउन थप गर्ने समाचारमा अाइरहेकाे सुनेकाे छु । लकडाउन गर्न अावस्यक छ भने गर्नुपर्छ र सबैलाई सुरक्षित राख्नुपर्छ , यसमा मेराे विमति छैन तर अबकाे केही दिनमा ज्याला मजदुरी गरेर दैनिकि चलाउने र विपन्न नागरिकमा भाेकमरि सुरु हुनेवाला छ । सरकनर यिनकने विषयमा केही साेच्नु पर्ने बेला अाएकाे छ । यदि समयमै याे तर्फ ध्यान पुर्याउन सकिएन भने भाेलिका दिनमा सन् 1992/93 सालकाे जस्तै महामन्दि,भाेकमरि र माहामारि अाइ नपर्ला भन्न सकिँदैन । यस्काे जिम्मा कस्ले लिन्छ ?

देशका जनता नै मरिसके भने विकासका नाममा राेड पिच गरेर र पार्क बनाएर मात्रै विकास हाेला त? याे कदापि हुन सक्दैन । हिजाे तिनै जनताकाे भाेट लिनकाे निम्ति बिरामि बाेकेर मतदान केन्द्रमा लान सक्ने सरकार अाज किन उद्दार गर्ने काममा पछि हट्छ ? के संसदमा सरकार सम्म कुरा पुर्‍याउने साहसि व्यक्ति गगन थापा मात्रै हुन् त ? विश्वभर फैलिएको महामारिकाे समयमा सुरक्षाकाे निम्ति लकडाउन गराएतापनि गरिब तथा मजदुर वर्ग काे हकमा भने सर्वमान्य भएकाे छैन । रातारात काठमाडौमा मजदुरी गर्ने व्यक्तिहरु अाज अचानक गाडि बन्द भएपछि देशकाे विभिन्न स्थान विरगंज,राैतहट,बारा पर्सा हिडेर जान बाध्य भएका छन् । अचानक बैंक तथा खुद्रापसल बन्द भएसगै साे ठाउमा काम गर्ने कर्मचारीले तलब लिन पाएनन् । त्यसैले सरकारसग याे अनुरोध छ की भाेलि भाेकमरिकाे चपेटामा परेर काेहि पनि मर्न नपाराेस् ।दुइतिहाइ बहुमतकाे सरकारले जनता काे लागि अहिले नगरे कहिले गर्ने ? गरिबकाे लागि नगरे कसकाे लागि गर्ने ? हिजाे तिनै जनताहरुकाे साथ लिएर अाज सम्मानित व्यक्तिहरु उच्चअाेहाेदामा पुग्नुभएकाे छ । गरिब दु:खीकाे पीडा र समस्या बुझ्ने समय यहि हाे । महाेदय दुःखकाे बेला साथदिनु नै मनव धर्म हाे !कृपया संसदमा टेबल ठाेकेर मात्रै केही हुनेवाला छैन । मानवताकाे लागि पनि जुट्नुपर्छ ।

त्यसकारण संकटकाे बखतमा सम्पूर्ण निकायबाट उचित किसिमकाे सुरक्षा व्यवस्था कार्य थालनी गरयाेस् । भाेकमरि र महामारिले काेहिपनि मान्छे मर्न नपराेस् । सरकारले हरेक स्थानीय तहमा भाेलि हुनसक्ने विपत्ति र महामारीकाे लागि पूर्व तयारी गरेर बजेट छुट्टाउन जरुरी छ । जब हामीलाई अप्ठ्यारो पर्छ तब हामी कस्लाई सम्झन्छाै त भन्दा सर्वप्रथम अाफ्नाे परिवारलाई नै सम्झन्छाै हाेईन र? अहिले विपत्तिकाे घडीमा अाफनाे देश सम्झेर फर्कनु भएकाे नागरिक लाई सिमानाका बाट सहज तरिकाले नेपाल भित्र्याउने र क्वारेन्टाइनमा राख्ने पुर्णरुपमा व्यवस्था गरियोस् । भाेलि संकटको परिस्थिति नअाउला भन्न सकिन्न त्यसकारण विपतमा साथ दिन अरु थप कदम चालियाेस् । यी यस्ता सबैकुरामा ध्यान सरकारकाे ध्यान पुगाेस भन्दै पुन : एकपटक सरकार
समक्ष जाेडदार माग गर्दछु । जय नेपाल !!

लेखक प्रज्वल दवाडी (अध्यक्ष;नेपाल तरुण दल चितवन क्षेत्र नं.१)

सिफारिस

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व आज (बिहीबार)देखि सुरु भएको छ। चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म अर्थात्...

भर्खरै

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

धेरै पढिएको