प्रहरीको बिशेष पहलमा मजदुरी गरी गुजारा चलाउनेका लागि नि:शुल्क खाद्य सामाग्री वितरण

नि:शुल्क खाद्य सामाग्री वितरण

काठमाडौं – महानगरीय प्रहरी कार्यालय रानीपोखरीको बिशेष पहल एवं बिभिन्न बैंकहरुसँगको सहकार्यमा असहाय, शारीरिक रुपमा फरक क्षमता भएका व्यक्तिहरु तथा ज्याला मजदुरी गरी गुजारा चलाउने व्यक्तिहरुका लागि नि:शुल्क खाद्य सामाग्री वितरण गरिएको छ ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथामका लागि नेपाल सरकारले अंगिकार गरेको लकडाउनको कारण त्यस्ता व्यक्तिहरु समस्यामा पर्न गई दैनिक खाना खान समेत कठिन हुन गएको परिस्थितिका कारण उनीहरुका लागि नि:शुल्क खाद्य सामाग्री वितरण गरिएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले मंगलबार Nepal Human Service Organization Manamaiju मा रहेका ३० जना, काठमाडौं, नवजीवन समाज, फुटुङ काठमाडौंमा रहेका २० जना, पवित्र समाज सेवा टोखामा रहेका ५५ जना र महानगरीय प्रहरी कार्यालयको हटलाईमा फोन सम्पर्क गर्ने दैनिक ज्यालादारी मजदुरहरु २ जनालाई अत्यावश्यक खाद्य सामाग्री वितरण गर्नुभयो ।

हाल उत्पन्न विषम् परिस्थितिमा मानव सेवामा समर्पित संघसंस्था तथा दैनिक ज्यालादारी मजदुरी गरी खाने मजदुरहरुले दैनिक सामाग्रीको समस्या बेहोर्नु नपरोस् भनी मानव सेवाको ध्येयले नि:शुल्क वितरणको अभियान संचालन गरिएको र यो अभियान लकडाउन अवधिभर संचालन गरिने उहाँले बताउनुभयो ।

कुनै गुनासो भएमा नजिकको प्रहरी कार्यालय वा महानगरीय प्रहरी कार्यालयको हटलाईन नम्बर १०० मा सम्पर्क गर्न सकिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

सिफारिस

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता प्रामेज (पिजे) श्रेष्ठले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन आज बिहान ललितपुरको कुपन्डोललगायत विभिन्न...

भर्खरै

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

धेरै पढिएको