चितवन बिहानी अपडेट: रवि लामिछानेले कति ल्याए मत ?

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले आफ्ना प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतले अग्रता लिइरहेका छन्।

पछिल्लो मत परिणामअनुसार २७ हजार ४ सय ९४ मत गन्दा रवि लामिछाने ७ हजार ३ सय ९२ भोटले अगाडि छन्।

उनले १३६४१ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका कृष्णभक्त पोखरेलले ६२४९ मत ल्याएका छन्।

यहाँ नेपाली काग्रेसका उमेश श्रेष्ठ तेस्रो स्थानमा छन्। उनले ५९३५ मत ल्याएका छन्।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले तेस्रो जित निकालेको छ। काठमाडौं क्षेत्र नम्बर ७ बाट जित निकाल्दै प्रतिनिधिसभाको ३ सिट स्वतन्त्र पार्टीले सुरक्षित गरेको छ।

काठमाडौं ७ मा सो पार्टीबाट उम्मेदवार बनेका गणेश पराजुली विजयी भएका हुन्। उनले नेकपा एमालेका श्याम घिमिरेलाई पराजित गरेका हुन्।

उता, सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी मानुषी यमि भट्टराई भने तेस्रो स्थानमा सीमित भएकी छिन्। यहाँको औपचारिक मतपरिणाम भने सार्वजनिक गर्न बाँकी छ।

त्यस्तै, काठमाडौं २ मा सोविता गौतम र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठले जित निकालेका छन्।।

सिफारिस

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई संयोजन गर्दै शेफ भोलबहादुर विश्वकर्माले नेपाली–जापानी फ्युजन खानाको नयाँ अवधारणा अघि सारेका छन्। फेयरफिल्ड बाइ मेरियट...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ समारोह फाइनल स्पर्धाकै झल्को दिने गरी बिहीबार साँझ राजधानीमा सम्पन्न भएको छ। थापागाउँस्थित...

भर्खरै

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

धेरै पढिएको