ज्वरो आएर उपचार गराईरहेका रामेछापमा एकको मृत्यु, कोरोनाको आशंका

रामेछाप – रामेछापमा ज्वरो आएर उपचार गराईरहेका एक जनाको मृत्यु भएको छ । ३ दिनदेखि  ज्वरो आएर तामाकोशी अस्पतालमा उपचारको लागि अस्पताल उपचारका लागि मंगलबार अपरान्ह भर्ना भएका एक व्यक्तिको गएराति मृत्यू भएको हो । मृत्यू हुने मन्थली नगरपालिका ११ का ६० बर्षिया वृद्ध हुन ।

अस्पतालले उपचारमा सम्लग्न चिकित्सक देखि सफाइ कर्मचारीलाई क्वारेन्टाइनमा राखेको छ । अस्पतालमा कसैलाई पस्न दिइएको छैन । मृतकको शव मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार वस्नेत र ११ नम्बरका वडा अध्यक्ष भिमवहादुर थापामगरको सक्रियतामा अन्तिम संस्कारको लागि अस्पतालबाट लैजाने तयारी गरीएको छ ।

अस्पतालमा रहेका सवै स्वास्थ्यकर्मीहरुलाई सुरक्षाको सामाग्री प्रयोग गराएपनि थप सरसफाई गरेपछि मात्र अन्यलाई प्रवेश दिने तयारी गरीएको छ । सवै अस्पताल सफाईका लागि व्यवस्थापनले निर्देशन दिएको छ ।
कोरोना संग मिल्दो लक्षण भएका मृतक व्यक्तिको यात्राको अवस्था वुझ्ने क्रम जारी छ । निज घरमै रहेको तर काठमाण्डौ र अन्य क्षेत्रबाट आएको मानिसको संम्पर्कमा रहेको प्रारम्भिक जानकारी आएको छ ।

उनको स्वाप परिक्षणका लागि आजै धुलिखेल पठाईएको छ । मृतकको प्रकृति हेर्दा कोरोनासंग मिल्दोजुल्दो  लक्षण देखिएता पनि रिपोर्ट आएपछि मात्र सबै पत्ता लाग्ने अस्पताल श्रोतले जनाएको छ ।अस्पतालबाट बुधबार अपरान्ह सम्म रिपोर्ट आउने वताइएको छ ।

यसैविच मन्थलीमा बुधबार विहानै देखि उक्त व्यक्ति कोरोनाकै कारण मरेको हल्ला चलेपछि प्रहरीले सडकमा फाट्ट फुट्ट हिडडुल गर्नेलाई समेत रोक्न थालेको छ । वजारमा प्रहरीको निगरानी बढाइएको छ । बुधबार देखिनै स्थानीय प्रशासनले तरकारी, दुध , ग्यांस र खाद्य सामाग्रीका लागि विहान १० देखि १ वजे सम्म किनमेलका लागि समय तोकेको छ । यस अघि विहान ६ देखि ८ र बेलुका ५ देखि ८ वजे सम्म किनमेलका लागि समय दिइएको थियो

सिफारिस

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता प्रामेज (पिजे) श्रेष्ठले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन आज बिहान ललितपुरको कुपन्डोललगायत विभिन्न...

भर्खरै

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

धेरै पढिएको