काठमाडौं – काठमाडौँको नागार्जुन नगरपालिका ३ स्थित रिड मोडेल स्कुलमा अवाकस प्रतियोगिता सम्पन्न भएको छ । सोमबार बालविकास एनसीमास संस्थाको सहयोगमा उक्त प्रतियोगिता सम्पन्न गरिएको हो । प्रतियोगितामा कक्षा ७ मा अध्ययनरत छात्रा महिमा गुरुङले ५ मिनेट ४० सेकेण्डमा १५० प्रश्नको उत्तर लेख्दै अवाकस प्रतियोगितामा नयाँ रेकर्ड कायम गरेकी छन्।

बालविकास एनसीमासका निर्देशक तेजु नेपालले अहिलेसम्म अवाकस प्रतियोगितामा यति छिटो उत्तर लेख्ने गुरुङ नै पहिलो विद्यार्थी रहेको बताए। विद्यार्थीहरुका लागि अवाकस प्रभावकारी भएको भन्दै यहि बर्षदेखि नियमित पाठ्यक्रममा समाबेश गर्दै आएको छ ।

सम्पन्न प्रतियोगितामा ३ देखि ७ कक्षासम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा छानिएका विद्यार्थीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिगोगितामा सहभागी हुन पाउने छन्।
त्यस्तै, अवाकस प्रणाली अहिलेको समयमा विद्यार्थीहरुको लागि निक्कै नै उपयोगी रहेको र बालबालिकाहरुको ध्यान केन्द्रित गर्ने हुँदा अत्यन्त राम्रो र प्रभावकारी रहेको अध्यक्ष ध्रुर्वराज नेपालले बताए।

त्यस्तै निर्देशक अर्जुन पाण्डेले अभिवाभक र विद्यार्थीले पनि अवाकस निक्कै नै रुचाएको बताए । उनले यस प्रणालीलाई आगामी वर्षको लागि पनि नियमित पाठ्यक्रममा समाबेश गर्ने प्रतिबद्धता जनाए।
त्यसैगरी, अवाकसले बालबालिकाको ध्यान केन्द्रित गर्न धेरै सहयोग गरेको अभिभावकहरुले बताए । उनीहरुले आजको कार्यक्रममा आफ्ना बालाबालिकाले अवाकस प्रणालीबाट छिटो छरितो तरिकाले गणितीय समस्या समाधान गरेको प्रत्यक्ष देख्न पाउँदा झन् धेरै अवाकस सम्बन्धि जानकारी पाएको भन्दै खुसी व्यक्त गरे।

शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मष्तिस्क विकास, गणितीय समस्या समाधान गर्न सहज बनाउने, ध्यानलाई केन्द्रिकृत गराउने गर्दछ । विश्वका १ सय ६० भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ । विश्वमा यसको प्रयोग २ हजार बर्ष पहिले नै गरिएको पाइए पनि नेपालमा यसको प्रयोग बालविकास एनसीमासले १८ वर्षदेखि गर्दै आएको छ । धेरै जसो विद्यालयहरुले यस अवाकस प्रणालीलाई नियमित पाठ्यक्रममा समाबेश गरी अध्यापन गराउँदै आइएका छन् ।

