किन्डर जोए मन्टेश्वरीमा अवाकस प्रतियोगिता सम्पन्न (फोटो फिचर)

ललितपुर- किन्डर जोए मन्टेश्वरी स्कुलमा अवाकस प्रतियोगिता सम्पन्न गरिएको छ । ललितपुरको महालक्ष्मी-५ टिकाथालीमा रहेको उक्त स्कुलमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको हो ।

कार्यक्रममा १ र २ कक्षाका विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा छानिएका विद्यार्थीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिगोगितामा सहभागी हुन पाउने छन्। विद्यालयले उक्त विषयलाई यहि बर्षदेखि बैकल्पिक विषयका रुपमा पठन पाठन गराउँदै आएको छ ।

कार्यक्रमका सभापति  किन्डर जोए मन्टेश्वरीकी अध्यक्ष तिलोतामा तिमिल्सिनाले प्रमुख अतिथि र अतिथिहरुलाई स्वागत गर्दै आजको कार्यक्रमबारे प्रष्ट पारेकी थिइन्।

कार्यक्रमका प्रमुख अतिथि महालक्ष्मी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष कपिल केसीले बालबालिकाहरुको ध्यान केन्द्रित गर्ने अवाकस कार्यक्रम आयोजना गरेकोमा किन्डर जोए मन्टेश्वरी स्कुललाई धन्यवाद दिए।  उनले स्कुलले गरेको प्रगति देखेर खुसीसमेत व्यक्त गरे।

त्यस्तै, अपेनका उपाध्यक्ष तथा फिनिक्स मन्टेश्वरी ट्रेनिङ सेन्टरका संचालक रिता घिमिरे तिमल्सिनाले किन्डर जोए मन्टेश्वरी स्कुल ललितपुरकै नम्बर वान मन्टेश्वरी स्कुलका रुपमा लिने गरेको बताइन्। आजको कार्यक्रममा हामीले मोबाइलमा टाइप गर्न समेत नभ्याउने गणितीय समस्या बालबालिकाले छिटो छरितो तरिकाबाट दिमागले गरेको देख्दा आफु पनि छक्क परेको उनले बताइन्।

त्यसैगरी, महेन्द्र ग्राम माध्यामिक विद्यालयका प्रधानाध्यापक भरतबाबु खनालले यसरी स्कुलले अभिभावक र अतिथिहरु बोलाएर बालबालिकालाई प्रयोगात्मक गरेर देखाउँदा त्यो भन्दा महत्वपूर्ण कुरा अरु केहि हुन् नसक्ने बताए। ‘हामीले क्यालकुलेटर थिच्दा पनि स्पिड लिन नसक्ने कुरालाई बालबालिकाले यति छिटो गर्नु साच्चै नै सजिलो थिएन तर आज त्यो सम्भव भएको देखे खुसी लाग्यो’ उनले भने। खनालले यस्ता कार्यक्रम धेरै ठाउँमा आवश्यक गरेको समेत बताए।

झट्ट सुन्दा यो अवाकस प्रि-स्कुलमा चाहिदैन भन्ने सुनिरहेका हुन्छौं तर यो प्रणाली प्रि-स्कुलका लागि पनि धेरै नै महत्वपूर्ण रहेको किन्डर जोए मन्टेश्वरी स्कुलका फाउन्डर तथा प्रिन्सिपल रिता आचार्यले बताइन्। अवाकस अभिवाभक र विद्यार्थीले पनि निक्कै नै रुचाएको उनले बताइन्।

त्यस्तै, बालविकास एनसीमास संस्थाका अध्यक्ष तेजु नेपालले किन्डर जोए मन्टेश्वरी स्कुलमा अवाकस कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताए।  ‘स्कुलका १-२ कक्षाका बालबालिकाले ६-७मा पढ्ने जस्तो गरी प्रयोगात्मक गर्नु भयो त्यो देखेर धेरै नै राम्रो लाग्यो’ उनले भने।

त्यसैगरी, अवाकसले बालबालिकाको ध्यान केन्द्रित गर्न धेरै सहयोग गरेको अभिभावकहरुले बताए । उनीहरुले आजको कार्यक्रममा आफ्ना बालाबालिकाले अवाकस प्रणालीबाट छिटो छरितो तरिकाले गणितीय समस्या समाधान गरेको प्रत्यक्ष देख्न पाउँदा झन् धेरै अवाकस सम्बन्धि जानकारी पाएको भन्दै खुसी व्यक्त गरे। साथै बालबालिकामा आएको सकारात्मक परिवर्तनका कारण अवाकस शैक्षिक प्रणाली अत्यन्त राम्रो भएको उनीहरुको भनाइ थियो ।

शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मष्तिस्क विकास, गणितीय समस्या समाधान गर्न सहज, ध्यानलाई केन्द्रिकृत गराउने गर्दछ । विश्वका १ सय ५० भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ ।

विश्वमा २ हजार बर्ष पहिले नै यसको प्रयोग गरिएको पाइए पनि नेपालमा बालविकास एनसीमासले १८ वर्षदेखि गर्दै आएको छ । धेरै जसो विद्यालयहरुले यस अवाकस प्रणालीलाई नियमित पाठ्यक्रममा समाबेश गरी अध्यापन गराउँदै आइएका छन्।

सिफारिस

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार मनाइएको छ। यस अवसरमा नेपाली सेनाले तालिमप्राप्त कुकुरहरूको विशेष सीप तथा कलाकौशल प्रदर्शन गरेर कुकुर...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो दिन आयोजित रेड कार्पेट समारोहमा स्वदेशी तथा विदेशी कलाकार, फिल्मकर्मी र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका छन्। शुक्रबार राति कारागारभित्र ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ...

भर्खरै

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा...

धेरै पढिएको