काठमाडौँ – एनआइसी एकेडेमीमा अवाकस प्रतियोगिता सम्पन्न गरिएको छ । काठमाडौँको नागार्जनु-२ सानोभर्याङमा रहेको उक्त एकेडेमीमा शनिबार एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको हो ।
कार्यक्रममा ४ र ५ कक्षाका विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा छानिएका विद्यार्थीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिगोगितामा सहभागी हुन पाउने छन्। विद्यालयले उक्त विषयलाई यहि बर्षदेखि बैकल्पिक विषयका रुपमा पठन पाठन गराउँदै आएको छ ।

त्यस्तै, कार्यक्रममा बोल्दै एनआइसी एकेडेमीका प्रिन्सिपल सुगन्धराज रेग्मीले विद्यार्थीहरू पछिल्लो समय इलेक्ट्रोनिक ग्याजेटमा बढी लाग्ने भएको हुँदा यो अवाकस प्रणालीले उनीहरुको ध्यान केन्द्रित गर्न सहयोग पुग्ने भएकाले बर्षदेखि बैकल्पिक विषयका रुपमा पठन पाठन गराउँदै आएको बताए। ‘यो प्रणाली राखेको पहिलो वर्ष भएकाले अभिवाभकले पनि बल्ल बुझ्दै हुनुहुन्छ, जतिले बुझ्नु भएको छ उहाँहरुले प्रभावकारी गरेको बताएका छन्। ‘ रेग्मीले भने।

त्यसैगरी, अवाकसले बालबालिकाको ध्यान केन्द्रित गर्न धेरै सहयोग गरेको अभिभावकहरुले बताए । उनीहरुले आजको कार्यक्रममा आफ्ना बालाबालिकाले अवाकस प्रणालीबाट छिटो छरितो तरिकाले गणितीय समस्या समाधान गरेको प्रत्यक्ष देख्न पाउँदा झन् धेरै अवाकस सम्बन्धि जानकारी पाएको भन्दै खुसी व्यक्त गरे। साथै बालबालिकामा आएको सकारात्मक परिवर्तनका कारण अवाकस शैक्षिक प्रणाली अत्यन्त राम्रो भएको उनीहरुको भनाइ थियो ।

शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मष्तिस्क विकास, गणितीय समस्या समाधान गर्न सहज, ध्यानलाई केन्द्रिकृत गराउने गर्दछ । विश्वका १ सय ५० भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ ।

विश्वमा २ हजार बर्ष पहिले नै यसको प्रयोग गरिएको पाइए पनि नेपालमा बालविकास एनसीमासले १८ वर्षदेखि गर्दै आएको छ । धेरै जसो विद्यालयहरुले यस अवाकस प्रणालीलाई नियमित पाठ्यक्रममा समाबेश गरी अध्यापन गराउँदै आइएका छन्।

