काठमाडौँ – चन्द्रबिन्दु इन्टरनेशनल बोर्डिङ स्कुलले आफ्नो १७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ। काठमाडौँको टोखा नगरपालिका ५ रहेको उक्त स्कुलले शनिबार एक कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।
प्रमुख अतिथि काठमाडौँ क्षेत्र नं.५ खका सांसद श्यामबहादुर खड्काले उद्घाटन गरेको कार्यक्रममा विशेष अतिथि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पुर्व उपकुलपति डा. राजेन्द्रराज वाग्ले र स्वास्थ्य मन्त्रालयका सह-सचिव डा. कृष्ण पौडेलसंगै टोखा नगरपालिकाका शिक्षा शाखा प्रमुह बाबुराम गौतम लगायत अतिथिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै विशेष अतिथि स्वास्थ्य मन्त्रालयका सह-सचिव डा. कृष्ण पौडेलले अहिलेका बालबालिका धेरै नै मोबाइल लगायत इलेक्ट्रोनिक ग्याजेटमा धेरै भुल्ने हुँदा त्यस्ता सामान चलाउन कम दिनुस् भन्दै अभिभावकहरुलाई सुझाव दिए।

कार्यक्रममा विद्यार्थीहरूले उत्कृष्ट गायन,नृत्य र नाटक प्रस्तुत गरेका थिए। उनीहरूको प्रस्तुतिमा चन्द्रबिन्दु इन्टरनेशनल बोर्डिङ स्कुल पढाइसंगै अतिरिक्त क्रियाकलापमा उत्कृष्टता झल्किन्थ्यो।
स्कुलका प्रिन्सिपल अरुण कुमार केसीले विद्यार्थीहरूको प्रस्तुतिलाई खुलेरै प्रशंसा गरे। उनले अभिभावकहरुको साथले नै स्कुल अघि बढ्ने भन्दै उपस्थित सम्पूर्णलाई धन्यवाद दिए ।

