प्राश्नाले जितिन् एसईई प्रिन्सेस २०२३ को ताज, अरु कसले कुन अवार्ड जिते ?

काठमाडौं –  ‘नामी कलेज एसईई प्रिन्सेस २०२३ को ताज प्राश्ना श्रेष्ठले जितेकी छिन् । सोमबार सिजन मिडियाले राजधानीमा आयोजना गरेको कार्यक्रममा विश्व निकेतन स्कुल, त्रिपुरेश्वरबाट एसईई परीक्षा दिएकी १६ वर्षिया प्राश्नाले १७ प्रतियोगीलाई पछि पार्दै शीर्ष ताज जितेकी हुन् भने विधागत अवार्डतर्फ मष्ट ट्यालेन्टको अवार्ड पनि हात पार्न सफल भइन् ।

त्यसै गरी फष्र्ट रनरअप अदिती शर्मा भइन भने उनले विधागत अवार्डतर्फ पर्सनालिटी अवार्ड पनि जित्न सफल भइन् । सेकेण्ड रनरअप अनुष्का श्रेष्ठ भइन् भने उनले विधागत अवार्डतफ भिर्योस च्वाइस अवार्ड प्राप्त गरिन्, थर्ड रनरअप लमजुङकी कृतिका श्रेष्ठ भइन् भने उनले भोटीङ मार्फत पपुलर अवार्ड पनि प्राप्त गरिन् । फोर्थ रनरअपको ताज प्रतिष्ना कार्की जित्न सफल भइन् भने उनले विधागत अवार्डतर्फ क्रियटिभ अवार्ड पनि जित्न सफल भइन् ।

त्यसैगरी अन्य विधागत अवार्ड तर्फको ‘सिन्सियर सजना तामाङ, हम्बल प्रसंशा लिम्बु, अनेष्ट आर्सी मर्हजन, प्रिटी श्रीयुती भण्डारी, वेष्ट स्माइल सुमीता महतो, हार्ड ओर्किङ कामना कुमारी खड्का, फोटोजेनिक विशाखा तामाङ, इनोसेन्ट सैयुजा कँुवर , फ्रेष्डसिप एन्जल मर्हजन , स्टाइलिस सलिनता गुरुङ, वेष्टवाक अनु खड्का ,कन्फीडेन्ट अश्लेसा सिटौलाले जिते ।

प्रतियोगीताको उद्घाटन प्रमुख अतिथि संघिय मामिला तथा सामान्य प्रसाशनमन्त्री माननिय अमनलाल मोदीले गरेका थिए  । उक्त कार्यक्रममा प्रतियोगीहरुलाई हौसला दिदै मन्त्री मोदीले यस्ता कार्यक्रमले छात्राहरुको व्यत्तित्व विकास,नेतृत्वको विकास र अनुशासित र निर्डर वनाउन सहयोगी भुमीका खेल्ने बताए ।

प्रतियोगिताको निर्णायकमा साउथ वइस्र्टन स्टेट कलेजका इन्टरनेशनल प्रोग्राम कोअर्डिनेटर सरिता शाक्य प्रधान,नेपाल एयर होस्टेज एकेडेमीका मुख्य प्रशिक्षक नितु थापा मिसेस ब्यूटी क्वीन विजेताहरू शान्ति लिम्बु र लसता साक्य, सञ्चारकर्मी श्रद्धा अर्याल, काठमाडौं फोटोग्राफर एसोसीयसनका अध्यक्ष डिगम्बर राजवंशी, फेशन डिजाइनर निशा श्रेष्ठ रहेका थिए ।

उक्त प्रतियोगितामा सहभागी भएर विजेता हुने प्राश्ना श्रेष्ठले नामी कलेज एसईई प्रिन्सेज २०२३’ कोे ताज र उपाधि सहित नामी केलेजको तर्फबाट उच्च शिक्षा अध्ययनका लागि एक लाखको छात्रावृत्ति साथै नेपाल एयर होस्टेज एकेडेमीको तर्फबाट स्कलरसिप, इमव्यालिस स्टुडीयोको तर्फबाट २० हजारको गिफ्ट भौचर, स्ट्याण्ड फ्यान लगायत विभिन्न उपहार हात परिन ।

त्यस्तैगरी फस्र्ट रनरअप र सेकेण्डरनर अपले पनि नामि कलेज र साउथ वइस्र्टन स्टेट कलेज, हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेज, स्वस्तीश्री आईवि वल्र्ड स्कुल रेडन कलेजहमा रु. १ लाख बराबरको छात्रावृत्ति साथै नेपाल एयर होस्टेज एकेडेमीको तर्फबाट स्कलरसिप, इमव्यालिस स्टुडियोको तर्फबाट २० हजारको गिफ्ट भौचर, स्ट्याण्ड फ्यान लगायत विभिन्न उपहार प्राप्त गरेका छन ।

सिफारिस

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन आज बिहान ललितपुरको कुपन्डोललगायत विभिन्न...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार मनाइएको छ। यस अवसरमा नेपाली सेनाले तालिमप्राप्त कुकुरहरूको विशेष सीप तथा कलाकौशल प्रदर्शन गरेर कुकुर...

भर्खरै

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...

धेरै पढिएको