रामेछाप- नेपाल जेसिज रामेछापले लिखु तामाकोसी गाउपालिका ६ का २२ परिवारलाई खाद्यान्न वितरण
गरेकाे छ ।
नेपाल सरकारले काेराेना भाइरस संक्रमणबाट बच्न देशभर लकडाउन गरेकाे छ । लकडाउनका समयमा दैनिक ज्याला मजदुरी गर्नेहरु र विपन्न परिवारलाई खाद्यान्न समस्या भएकाे भन्दै जेसिज रामेछापले बुधबार लिखुतामाकाेसी गाउँपालका ६ का २२ घर परिवारलाई खाद्यान्न उपलब्ध गराएकाे जेसिज रामेछापका कार्यकारी उपाध्यक्ष जीवन कार्कीले बताए ।
स्थानियतहसंगकाे समन्वयमा जेसिस रामेछापले प्रत्येक परिवारलाई ३० केजि चामल, २ केजि दाल, २ केजि नुन र एक लिटर तेल उपलब्ध गराएकाे रामेछाप जेसिजका उपाध्यक्ष बिमल पौडेलले जानकारी दिए ।
