स्मार्टपालिकाले बनायो कोरोना थाहा पाउने डिजिटल प्रणाली, स्थानिय निकायलाई नि:शुल्क दिँदै

काठमाडौँ – स्मार्टपालिकाले ट्र्याकिङ तथा क्वारेन्टिन व्यवस्थापन प्रणाली निर्माण गरेको छ।  स्थानिय निकायहरुलाई डिजिटल रुपान्तरण गर्ने उद्देश्यका साथ स्मार्टपालिकाले नेपालका ७५३ वटै स्थानिय सरकारका निम्ती कोभिड लाईभ ट्र्याकिङ तथा क्वारेन्टिन व्यवस्थापन प्रणाली बनाएको हो।

यस प्रणाली मार्फत हाल क्वारेन्टिन, लाईभ ट्र्याकिङ, आइसोलेसन, दैनिक रिपोर्ट, स्वयं-परिक्षा लगयात अन्य मोड्युलहरु मोबाइल एप्स तथा वेब सिस्टममा उपलब्ध रहेका छन। साथै विकास साझेधारहरुको सहयोगमा कन्ट्याक्ट ट्रेसिङ लगायत अन्य मोड्युलहरुको निरन्तर विकास र कार्यान्वयन गरिदै लागिने स्मार्टपालिकाले जनाएको छ ।

यस प्रणालीबाट हेल्थ कोअडिनेटर, स्थानिय प्रतिनिधी तथा जिल्ला प्रशासन कार्यलयले आफ्नो मातहतको काम गर्न तथा रिपोर्ट निकाल्न सक्छन भने सर्वसाधारणले स्वाब परिक्षा लिने, आफ्नो दैनिक रिपोर्ट बुझाउने तथा आधिकारिक रिपोर्ट हेर्ने गर्न सक्नेछन ।

स्मार्टपालिकाले बिगत ११ बर्षदेखि देश-विदेशमा भएका प्राकृतिक प्रकोप व्यवस्थापनका निम्ती प्रणाली विकास गर्दै आएको छ ।  यस  ट्र्याकिङ तथा क्वारेन्टिन व्यवस्थापन प्रणालीलाई भविष्यमा स्थानिय निकायको पूर्ण प्रकोप नियन्त्रण प्रणालीका रुपमा विकास गर्दै लैजाने  स्मार्टपालिकाका कार्यकारी निर्देशक मनोज भट्टराईको भनाइ छ।

स्मार्टपालिका र सेलएप इनोवेसन्सको संयुक्त प्रयासमा यस प्रणाली विकास गरिएको हो।  हाल भरतपुर महानगर, बिरगंज महानगर, धुलिखेल नगरपालिका लगायत करिव २० स्थानिय निकायमा यो प्रणाली प्रयोगमा आइसकेको छ ।

यसरी सन्चालन गर्नुहोस् 

[pdf-embedder url=”https://annapurnatimes.com/wp-content/uploads/2020/04/Covid-System-Manual-Guide-1.pdf” title=”Covid System Manual Guide (1)”]

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको