मदन पुरस्कार विजेता पूर्वडीआईजी शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ – पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रितेन्द्र थापासहितको इजलासले बुधबार शाहसहित लेखापाल प्रहरी नायब निरीक्षक दिपेन्द्रप्रसाद पनेरुलाई दोषी ठहर गरेको हो । यसको सजाय निर्धारण भने पुस २५ गते गरिने अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महेशविक्रम शाह लगायत ४ जनाविरुद्ध आरोपपत्र दायर गरेको थियो । शाहमाथि मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र चितवन भरतपुर र मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौली (सिन्धुली) मा कार्यरत रहँदा आर्थिक अनियमितता गरेको आरोप लगाइएको थियो ।

शाहसहित लेखापाल प्रहरी नायब निरीक्षक पनेरु, लेखा सहायक (प्रहरी हवल्दार) केशवसिंह ऐर र कोष तथा लेखा नियन्त्रक सञ्जीव विशंखेमाथि आर्थिक अनियमितता गरेको भन्दै आरोपपत्र दायर गरिएमा ऐर र विशंखेले भने सफाइ पाएका छन् ।

शाह, पनेरु र लेखा सहायकसमेतको मिलेमतोमा अन्यत्र सरुवा भइसकेका प्रहरी जवानहरूको ०७२ साल माघ र फागुन महिनाको तलब भत्ता भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा अरोपपत्र दायर गरिएको अख्तियारको दाबी थियो ।

मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीमा कार्यरत हुँदा आर्थिक वर्ष २०७२/०७३ मा शाह कार्यालय प्रमुखको रुपमा कार्यरत थिए भने पनेरु लेखापाल प्रहरी नायब निरीक्षक तथा ऐरी लेखा सहायक पदमा कार्यरत थिए ।

उनीहरुले प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको २०७२ माघ ११ गतेको पत्रले माघ महिनाको तलब र भत्ता खान पाउने गरी सरुवा भएका १०३ जना प्रहरी जवानहरूको माघ र फागुन महिनाको तलब भत्ता रु ३१,८८,४६८ र २०७२ माघ १८ गतेको पत्रले ०७२ साल माघ ३ गतेबाट तलब भत्ता खान पाउने गरी १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानहरूको रु १,४९,६१६ गरी जम्मा ३३,३८,०८४ तलब भत्ता तलबी भरपाईमा किर्ते दस्तखत गरी बदनियतसाथ हिनामिना गरेको पुष्टि भएको अख्तियारको दाबी थियो ।

सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर भएको प्रमाणित भएकोले उनीहरूमाथि ३३,३८,०८४ असुल उपरका लागि मागदाबी समेत गरिएको थियो ।

पूर्व प्रहरी नायव महानिरीक्षक शाह अछामको साँफेबगर (कालिमाटी) निवासी हुन् । उनको घर कैलाली र काठमाडौँको महाराजगञ्जमा समेत रहेको छ भने उनी ‘छापामारको छोरो’ कथासंग्रह पुस्तकका लेखक पनि हुन् । उनले यसका लागि वि.सं. २०६३ को मदन पुरस्कार पाएका थिए ।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको