नाँचघरमा सुशीला शर्मा धमालाको एकल गजलवाचन

काठमाडाैं – राष्ट्रिय नाँचघर जमलको सभाकक्षमा ओखलढुङ्गाकी स्वरसुन्दरी गद्य/पद्य मुक्तकजस्ता विधाप्रविधासमेतमा सशक्त कलम चलाउँने सुशीला शर्मा धमालाको एकल गजलवाचन भव्य रूपमा सम्पन्न भएको छ ।

मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल,काठमाडौँले आयोजक गरेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष कलानिधि दाहालको सभापतित्व, सङ्गीत कला प्रतिष्ठानका उपकुलपति शम्भु राईको प्रमुख आमन्त्रित आतिथ्य, कवि रूपक अलङ्कारले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा वाचित गजलहरूमाथि ज्ञानु विद्रोहीले सटिक समीक्षा गर्दै सुशीलाका गजलहरू अत्यन्त प्रभावपूर्ण रहेकाे बताएका थिए ।

भरत नेपालीको सारङ्गी, दुर्गाप्रसाद खतिवडाको बाँसुरी, लोकराज राईको सन्तुर बाद्यवादनले रोचकता उत्पन्न गरेकाे थियाे भने रामभजन कामत र मिलन नेपालीको नयाँ रङ्गमञ्च व्यवस्थापनले अन्तिमसम्म भरिभराउ दर्शक श्रोता रहेका थिए।

मञ्चको नयाँ सजावट शैली र वाचकको आकर्षक वाचनले एक घन्टामा सक्ने भनेको कार्यक्रम गड्गडाहट तालिका साथ दुई घन्टा लम्बिएको थियो ।

एकल गजलसाँझको आकर्षणमा नौ वटा वाचित गजलमध्ये सातवटा स्रष्टा ओखलढुङ्गे चेली सुशीला आफैँले र दुईवटाचाहिँ सरस्वती अर्याल र कल्पना भट्टराईद्वारा प्रस्तुत गरिएका थिए।

सिफारिस

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु अपराध संगठित, अन्तरदेशीय र जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य...

भर्खरै

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

धेरै पढिएको