कृषकलाई अनुदानमा दिन ल्याएको मल कालोबजारी गर्ने पक्राउ

राहुल गुप्ता, कलैया बारा – कृषकलाई अनुदानमा दिन ल्याएको मल खाद कालोबजारी गर्नेलाई प्रहरीले प्रकाउ गरेको छ । शुक्रबार बाराको बिशरामपुर गाउँपालिका वडा नं. २ स्थित माँ गायत्री खाद भण्डार पसलमा ना. ६ त ७३६८ नम्बरको ट्रयाक्टरमा मलखाद लोडगरि ल्याई कालो बजार गर्नको लागि लुकाई छिपाई अनलोड गरिरहेको सुचनाका आधारमा प्रहरीले उक्त मल बरामद गर्दै निज व्यक्तिलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले ४० बोरा मलखाद अनलोड गरिसकेको अवस्थामा फेला पारी ट्रयाक्टर रितपुर्वक खानतलासी गर्दा अनलोड गरिएकोको ४० बारो युरिया मल र उक्त ट्रयाक्टरमा लोड गरी राखेको १० बोरा युरिमा मल, डि.ए पि मल ३० बोरा र सलफेट मल १० बोरा गरी जम्मा ९० मलखाद बरामद गरेको बारे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए । बरामद गरेको ट्रयाक्टर चालकको साथमा रहेको अतिथि कृषि सहकारी संस्था लि. प्रसौनी-६ बाराको नामको मल खरिद गरेको बिल दुई थान र माँ गायत्री खाद भण्डार प्राईभेट फर्म दर्ताका प्रमाण पत्रको प्रतिलिपि समेत बरामद गरेका जनाएको छ ।

बरामद गरी बरामद मल सम्बन्धमा बुझ्दा साल्ट ट्रेडिड. कापोरेसन लिमिटेड बिरगंजबाट अनुदानमा अतिथि कृषि सहकारी संस्था लिमिटेड प्रसौनी – ६ बाराको नाममा बिक्री भएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए। उत्त मल खाद कालो बजारी गर्ने उदेश्यले अतिथि कृषि सहकारी संस्था लि. प्रसौनी – ६ बाराका संचालकले बिक्री गरेको तथा माँ गायत्री खाद भण्डारका संचालकले खरिद गरी ल्याएको बुझिन आएको हुँदा माँ गायत्री खाद भण्डारका संचालक बिश्रामपुर गाउँपालिका वडा नं. २ बस्ने महेन्द्र साह तेली र उक्त ट्रयाक्टर चालक रामबाबु पंडितलाई प्रहरीले प्रकाउ गरेका छन्। प्रकाउ पनेॅलाई कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार आवश्यक कारवाही भई रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सिफारिस

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि सेताम्मे बनेको छ। हिउँले ढाकिएका पाँचवटा पवित्र पोखरी, आसपासका डाँडाकाँडा तथा हिमाली भूभागको मनमोहक दृश्यले...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता प्रामेज (पिजे) श्रेष्ठले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

भर्खरै

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

धेरै पढिएको