प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने प्रयास असफल

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने केही दिनयताको प्रयास असफल हुँदै गएको छ । उनलाई हटाउने सम्पूर्ण शक्ति लगाएर सचिवालयका केही सदस्यहरु सक्रिय भएपनि ओलीले त्यसलाई निस्तेज पारिदिएका छन् ।

ओलीले आफूविरुद्धको घेराबन्दी तोड्न एकसाथ धेरै अस्त्रहरु प्रयोग गरेका छन् । उनले अविश्वासको प्रस्ताव सम्म सामना गर्ने तर पदबाट नहट्ने दृढता व्यक्त गर्दै विश्वासपात्रहरुलाई सोही बमोजिम सक्रिय बनाएका थिए । उनले पार्टीभित्र असन्तुष्ट पक्षहरुलाई मुख्यमन्त्री हेरफेर र मन्त्रिहरु हेरफेर गरेर जानसकिने प्रस्ताव संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, स्थायी कमिटि सदस्य प्रदीप ज्ञवाली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलमार्फत् पठाएका थिए । उनीहरुले त्यही अनुरुप भित्री रुपमा वार्ताहरु पनि गर्दै आएका छन् ।

ओलीलाई हटाउन लागेकामध्ये पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालका अलावा उपाध्यक्ष वामदेव गौतम मध्ये नेपाल र खनाल मात्र जोडतोडले लागिरहेका छन् । गौतम शुरुमा ओलीलाई हटाउने पक्षमा कडा रुपमा देखिएपनि विस्तारै सेलाएका छन् । प्रचण्ड निकटस्थहरुले नै अहिले ओलीलाई हटाए दुर्घटना हुने भन्दै चेतावनी दिएपछि घटनाले नयाँ मोड लिन थालेको हो । स्थायी समिति सदस्य दिनानाथ शर्मा र हरिबोल गजुरेलले सार्वजनिक रुपमा ओलीलाई हटाउन नहुने बताइसकेका छन् । शर्माले त ओली हटाउँदा दुर्घटना हुने चेतावनी दिए ।

माधवकुमार नेपाल पक्षधरमध्ये कतिपय स्थायी कमिटि सदस्य मन्त्री छन् । उनीहरु ओलीलाई हटाउने पक्षमा देखिएका छैनन् । मध्यमार्गी बाटो रोजेर जानुपर्ने भन्दै आएका छन् । बरु माधव नेपाललाई पार्टीको बागडोर हाँक्ने गरी स्थापित गर्ने प्रयासमा उनी निकटस्थ कतिपय नेताहरु रहेका छन् ।

घटनाक्रम ओलीविरुद्ध एकीकृत भएपनि विस्तारै छिन्नभिन्न हुँदै जान थालेका छन् । पछिल्लो समय ओलीले मन्त्रिपरिषद पुर्नगठनको प्रस्ताव पार्टीभित्र अगाडि बढाएपछि कतिपय नेताहरु मन्त्री बन्न सकिने आशामा ओलीलाई नै साथ दिन थालेका छन् । ओलीले मन्त्रीमण्डल पुर्नगठन गरी नयाँ मन्त्री ल्याउने प्रस्तावले विरोधीहरुलाई तितरवितर पारिदिएका छन् । उनीसँग असन्तुष्ट वामदेव गौतमलाई राष्ट्रियसभामा लगेर सरकारमा समेत लाने गरी प्रस्ताव भैंसेपार्टीमा पुगिसकेको स्रोतले बताएको छ ।

प्रचण्डनिकट भनिएका सचिवालय सदस्य रामबहादुर थापा बादल ओलीको नजिक पुगिसकेका छन् । माधव नेपाल निकट कतिपय स्थायी कमिटि सदस्यलाई पनि ओली पक्षधले भेटेर मिलाइसकेको बुझिएको छ । यसरी जति रातहरु बित्दै गए त्यति नै अग्राख पलाउँदै गएको छ । ओलीलाई कमजोर हुँदा दरिलो प्रहार नहुँदा अहिले उनी शक्तिशाली बन्दै गएका छन् । आफू पदबाट नहट्ने बरु कठोर कदमहरु चाल्ने गरी ओलीले सम्पूर्ण तयारी गरिसकेका छन् । यसले राजनीतिक उथलपुथल नै हुनसक्ने सम्भावना रहेको विश्लेषण भइरहेको छ । यही सम्भावनालाई दुर्घटना हुनसक्ने भन्दै पूर्व माओवादी र माधवकुमार नेपाल निकट स्थायी समिति सदस्यहरु पनि सम्हालिएर बढ्नुपर्ने पक्षमा उभिएका छन् । यसले ओलीलाई तत्काल सुरक्षित र बलियो अवस्थामा पुर्याएको छ ।

सिफारिस

कलात्मक गुँड बुन्दै प्रेम र सिपको प्रतीक तोप चरा (तस्वीरहरू)

काठमाडौँ - भँगेरा वर्गमा पर्ने तोप चरा (बया) आफ्नो अद्भुत गुँड निर्माण कला र रोचक प्रजनन व्यवहारका कारण परिचित छ। इन्जिनियरिङ सीपका कारण यसलाई...

यस्तो छ अर्थमन्त्री स्वर्णिमको पहिलो बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत गरेको छ। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार...

बढ्यो कर्मचारीको तलब ,अब न्युनतम ४० हजार

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले न्यूनतम ४० हजार पाउने भएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अनुसार आधारभूत तलबमानमा १० प्रतिशत,...

भर्खरै

यस्तो छ अर्थमन्त्री स्वर्णिमको पहिलो बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब...

बढ्यो कर्मचारीको तलब ,अब न्युनतम ४० हजार

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले...

बजेट प्रस्तुत भइरहँदा सांसद हर्क साम्पाङ संसदबाट बाहिरिए

काठमाडौँ - आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भइरहेका...

अब बन्छ देश भन्दै टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्वीरहरू)

काठमाडौं - संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष...

रविन्द्र ढाँटले रचे इतिहासः यूएफसीको सेमिफाइनलमा प्रवेश

काठमाडौं- नेपालका रवीन्द्र ढाँटले यूएफसीको छनोट प्रतियोगिता रोड टु...

धेरै पढिएको