कृष्ण र दीपिकाको ‘बैँसालु फूल’ बजारमा (भिडियो)

काठमाडौँ- गायक कृष्ण समीप सुवेदीले ‘बैँसालु फूल’ बोलको गीत बजारमा ल्याएका छन्। सुवेदीपकै शब्द र सङ्गीत सृजनामा तयार भएको गीतमा संगीत संयोजन कृष्ण केसीको छ भने  स्वरमा समीपलाई गायिका दीपिका पौडेलले साथ दिएकी छिन्।

पौडेल नयाँ गायिका हुन्। यसअघि कृष्ण समीपसँगै उनको सलल काली गङ्गा गीत बजारमा आएको थियो। बैँसालु फूलको भिडियोमा मोडल तथा नायिका रजनी गुरुङ्ग, कृष्ण समीप सुवेदी, पौडेल तथा बालकलाकार सिम्रन खरेलको अभिनय रहेको छ।

दुई दशक अघिबाटै नेपाली गीत संगीतमा पाइला चालेका सुवेदीले झन्डै ४०० गीतमा आफूलाई प्रस्तुत गरिसकेका छन्। गायनसँगै लेखन र संगीत भर्ने काम पनि गरिरहेका उनी आफूलाई मोडलको रुपमा प्रस्तुत गर्न थालेका छन्।

गायक कृष्ण समीप रेडियो कार्यक्रम प्रस्तोतासमेत हुन। इमेज एफएममा उनले संचालन गर्ने कार्यक्रम उकालीओराली, इनसाइड स्टोरी र लोकपप लोकप्रिय छन्।

लोकगीततर्फ सिरसिर बतास,चल्न माया चल, सलल काली गङ्गा ,मेरा आँखामा, कोरीयाको चक्कर, माझी दाईको जिन्दगी, कति राम्रो बिहानीको घाम, मनको तिर्खा मेट्न, घाम पानी घमाइलो, जोर बत्ती पालैमा, सिरुपाते खुकुरी, हेर ऐनामा, सिमली छायालेलगायत लोकप्रिय बनेका थिए। आधुनिक तर्फतर्फ मेरो कल्पनामा आउने मान्छे तिमी, भागिहाल्यौ अझै भाग, तिम्रो बाटो मेरो बाटो, सुख दु:ख, सम्झेर आँसु नझार प्यारीलगायत चर्चित बने।

ओ माया बोलन, ए भन्दे बतास, देउराली (एल्बम) तरकारी काउली, पोखरा जाने घुम्ती छ बाटो, पहिलो चोटि अँखा जुद्धा, सिङ्गापुरे सोल्टीको माया लगायत लोकपप विधाका उनका गीत हुन्।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको