शाहीको ‘सम्बन्ध’ बोलको गीत सार्वजनिक (भिडियो)

काठमाडौँ –  गायक तथा मोडल धृष्टधुम्न शाहीको ‘सम्बन्ध’ बोलको गीतको भिडियोमा सार्वजनिक गरिएको छ । जसमा गायिका रचना रिमाल र गायक धृष्टधुम्न शाहीको स्वर रहेको छ ।

भिडियोमा बालापनमा आँफुले मन पराएकी मायालुसँगको भेट, प्रेम र विबाहको रमाइलो किस्सा र एउटा सफल प्रेम कथालाई देखाइएको छ ।

भिडियोमा गायक धृष्टधुम्न शाही र लोकप्रिय मोडल स्मारिका ढकालको बेजोड अभिनय देख्न सकिन्छ । आफ्नो साथीलाई भविष्यमा ठूलो गाडीमा लिने आउने वाचा खाएका धृष्टधुम्न शाहीले आफ्नो वचन पूरा गरेको दृश्य निकै रोमान्टिक देखिन्छ ।

उमेशराज खड्काको शब्द शृजना रहेको सार्वजनिक गीतमा संगीत पनि गीतकारले नै भरेका छन् । विशाल निरौलाको मिक्सिगं तथा मास्टरिगं रहेको गीतको एरेन्ज रिकेश गुरुगंले गरेका हुन् ।

भिडियोमा बाल कलाकारका रुपमा इशु थापा मगर र प्रज्वल आले मगरको पनि अभिनय रहेको छ । सुदीप लम्सालको निर्देशन रहेको भिडियोको छायांकन विशाल सुसलिगं मगर र दिनेश सुवेदीले गरेका हुन् । ओएसआर डिजिटलबाट रिलिज गरिएको भिडियोको सम्पादन पवन सुशलिंगले गरेका हुन् ।

सिफारिस

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व आज (बिहीबार)देखि सुरु भएको छ। चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म अर्थात्...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका स्वास्थ्य सेवासँगै आगामी वर्ष विशेषज्ञ सेवा थप गर्ने तयारी गरेको छ। नगरवासीलाई स्थानीयस्तरमै थप स्वास्थ्य...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

भर्खरै

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

धेरै पढिएको