गायक विनोद बानियाँले ‘मान्छेको जुनी अचम्मै हुने रैछ नी’ बोलको गीत सार्वजनिक गरेका छन् । आफ्नो वैवाहिक वर्षगाठको अवसर पारी आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।
युवा निर्देशक विभोर पोखरेलको निर्देशनमा तयार भएको भिडियोमा प्रकाश घिमिरे, एनजे सागर शाह र अनिता पौडेलको अभिनय रहेको छ । सन्तोष कोन्मेको छायाङकन रहेको भिडियोलाई सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् । विनोद बानियाँको आवाजमा रहेको गीतमा संगीत विवि अनुरागीको हो भने रचना राजकुमार बगरले गरेका छन् । गीत तेजेन्द्र गुरुङको एरेन्जमा तयार भएको हो ।
गायक बानियाँका मान्छे, डाउट र प्रोफाइल गरी तीनवटा एल्बम बजारमा आइसकेका छन् । उनले झण्डै ५० को हाराहारीका गीतमा आफ्नो सुमधुर आवाज भरीसकेका छन् । यति नै गीतमा संगीत सँयोजन गरेका बानियाले केही गीत रचना गर्न समेत भ्याएका छन् ।