काठमाडौँ- दसैँ सकिनेबित्तिकै किसानहरू धान भित्र्याउन व्यस्त भएका छन्। किसानहरू कात्तिकमा पाक्ने धानबाली भित्र्याउन व्यस्त भएका हुन्। असार-साउनमा रोपेको धान अहिले पाक्न थालेको छ। काठमाडौँ उपत्यका आसपासका फाँटहरूमा यति बेला पाकेको धानले पहेँलपुर देखिन्छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रलायको तथ्यांक अनुसार नेपालमा झन्डै १४ लाख हेक्टरमा धान रोपिन्छ । उत्पादनले भने धान्ने गरेको छैन । धान मात्र नभएर गहुँ, मकै, दलहनजस्ता खाद्यान्नको समेत आयातमै भर पर्नुपरेको छ ।
नेपालमा अझै वाषिर्क साढे ८ लाख टन खाद्यान्न अपुग हुने गरेको छ । खाद्यान्नमा देशलाई आत्मनिर्भर बनाउन मल, बीउ र सिँचाइमा किसानको पहुँच पुर्याउने मात्र होइन, खेती प्रणालीलाई पनि आधुनिकीकरण गर्नुको विकल्प छैन ।

