माओवादीसँग दुईपटकको हारको बदला लिंदै हेटौंडा-१२ मा कांग्रेसका तिवारी विजयी

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी विजयी भएका छन्। आइतबार भएको उपनिर्वाचनमा तिवारीले दुई हजार ६३ मत प्राप्त गर्दै विजयी भएको मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईले जानकारी दिए।

तिवारीका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का रबिकुमार प्रधानले एक हजार पाँच सय ६० मत प्राप्त गरेका छन्।

२०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा वडाअध्यक्ष पदमा हार व्यहोरेका तिवारी तेस्रो पटकको प्रयासमा विजयी भएका हुन्।

२०७४ को स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रका ललितबहादुर घलानले थोरै मतान्तरले हराएका तिवारी २०७९ मा पनि आफ्नो उम्मेदवारी दर्ता गराएका थिए। सो निर्वाचनमा पनि माओवादीकै घलान १६ मतान्तरले विजयी भएका हुन्।

दुई पटकसम्म माओवादीसँगै हारेका तिवारी यो उपनिर्वाचनमा माओवादीलाई हराउँदै विजयी भएका हुन्। माओवादीको उम्मेदवार परिवर्तन हुनेबित्तिकै तिवारीले जित आफ्नो पोल्टामा पारेका छन्।

माओवादी केन्द्रबाट रवीन प्रधान चुनावी मैदानमा उत्रिएका थिए। उनले १ हजार ५६० मत ल्याएर दोस्रो भए भने एमालेका राजेश नगरकोटीले १ हजार ३९८ मत प्राप्त गर्दै तेस्रो भएका छन्।

२०७९ को स्थानीय तह निर्वाचनमा पनि नगरकोटी तेस्रो भएका थिए। उतिबेला ४७ मतान्तरले मात्रै तेस्रो भएको उनको यो उपनिर्वाचनमा मतान्तर अझ फराकिलो बनेको छ।

कुल मतदाता ८ हजार ५३ रहेकोमा ६८.०८ प्रतिशत अर्थात् ५ हजार ४८३ मत खसेको यस चुनावमा दुईवटा मतदानकेन्द्रमा मतदान भएको थियो।

सिफारिस

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु अपराध संगठित, अन्तरदेशीय र जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य...

भर्खरै

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

धेरै पढिएको