५४ लाख बुझाएर रिहा भए रवि लामिछाने, पौने तीन करोड पुग्यो धरौटी

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन् । चितवन जिल्ला अदालतले सहकारी ठगीमा मागेको ५४ लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर उनी रिहा भएका हुन् ।

यससँगै हालसम्म चारवटा जिल्ला अदालतबाट रविलाई धरौटी मागिएको रकम नै २ करोड ७९ लाख पुगिसकेको छ । कास्की, काठमाडौं र रुपन्देही तीनै अदालतबाट धरौटी मागिँदा रविका लागि प्रभु बैंकले ग्यारेन्टी बसिदिएको थियो ।

सबैभन्दा सुरुमा पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा गत पुस २५ गते जिल्ला अदालत कास्कीले रविलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो ।

त्यसबेला जिल्ला अदालत कास्कीले धरौटीमा छोड्न आदेश गरेको केही घण्टामै रविले ६५ लाख बैंक ग्यारेण्टी देखाएका थिए ।

लामिछानेका तर्फबाट रमानन्द घिमिरेले जमानत दिएको प्रभु बैंकको पत्रमा पेश गरिएपछि रवि रिहा भए । तर कास्कीमै चलेको सम्पत्ति शुद्धीकरण मुद्दाका कारण रविको सांसद पद भने अझै निलम्बित अवस्थामा छ। उनले मुद्दाको अन्तिम टुंगो नलागुञ्जेल संसदमा छिर्न नपाउने छैनन् ।

त्यसपछि गत माघ २ गते काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत रकम हिनामिना प्रकरणमा पनि रविले धरौटी राखेर बाहिरै बस्ने अवसर पाए । काठमाडौं जिल्ला अदालतले रविलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दियो । काठमाडौंमा पनि पोखरामा जस्तै प्रभु बैंकले रविका लागि ग्यारेन्टी बसिदियो ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको बचत हिनामिना प्रकरणमा सहकारी ठगी र संगठित अपराधको मुद्दा खेपेका रविलाईत्त सबैभन्दा धेरै धरौटी मागियो ।

जिल्ला अदालत रुपन्देहीले गत माघ १३ गते रविलाई १ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दियो । रविका लागि त्यहाँ पनि प्रभु बैंकले एक करोड बराबरको बैंक ग्यारेन्टी गरिदिएपछि हिरासतमा बस्नु परेन । रुपन्देहीमा त न्यायाधीशले सुनुवाइका क्रममा रविलाई श्रीमती निकिता पौडेलको जिम्मामा हिरासत बाहिरै बस्ने सुविधा दिए ।

पछिल्लो पटक बिहीबार (माघ २४ गते) रविले दुई पटक चुनाव जितेको चितवनमा पनि अदालतबाट धरौटीकै आदेश भएको छ । जिल्ला अदालत चितवनले उनलाई ५४ लाख धरौटी लिएर बाहिरैबाट मुद्दाको प्रतिरक्ष गर्ने सुविधा दिएको हो ।

यससँगै रविको धरौटी चार जिल्ला अदालतमा २ करोड ७९ लाख पुगिसकेको छ । अब रविका लागि पर्सा जिल्ला अदालत पनि फेस गर्नुपर्ने चुनौती छ । पर्सामा सानोपाइला सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा रविविरुद्ध मुद्दा अघि बढ्न बाँकी छ ।

सिफारिस

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं - इन्द्रजात्राको दोस्रो दिन काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। पास्नी गरिसकेका तर ईही (बेल विवाह) नगरेका २ देखि ८ वर्ष...

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा विधिवत् सुरु भएको छ। भाद्र शुक्ल द्वादशीका दिनदेखि आठ...

भर्खरै

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो...

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

धेरै पढिएको