५४ लाख बुझाएर रिहा भए रवि लामिछाने, पौने तीन करोड पुग्यो धरौटी

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन् । चितवन जिल्ला अदालतले सहकारी ठगीमा मागेको ५४ लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर उनी रिहा भएका हुन् ।

यससँगै हालसम्म चारवटा जिल्ला अदालतबाट रविलाई धरौटी मागिएको रकम नै २ करोड ७९ लाख पुगिसकेको छ । कास्की, काठमाडौं र रुपन्देही तीनै अदालतबाट धरौटी मागिँदा रविका लागि प्रभु बैंकले ग्यारेन्टी बसिदिएको थियो ।

सबैभन्दा सुरुमा पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा गत पुस २५ गते जिल्ला अदालत कास्कीले रविलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो ।

त्यसबेला जिल्ला अदालत कास्कीले धरौटीमा छोड्न आदेश गरेको केही घण्टामै रविले ६५ लाख बैंक ग्यारेण्टी देखाएका थिए ।

लामिछानेका तर्फबाट रमानन्द घिमिरेले जमानत दिएको प्रभु बैंकको पत्रमा पेश गरिएपछि रवि रिहा भए । तर कास्कीमै चलेको सम्पत्ति शुद्धीकरण मुद्दाका कारण रविको सांसद पद भने अझै निलम्बित अवस्थामा छ। उनले मुद्दाको अन्तिम टुंगो नलागुञ्जेल संसदमा छिर्न नपाउने छैनन् ।

त्यसपछि गत माघ २ गते काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत रकम हिनामिना प्रकरणमा पनि रविले धरौटी राखेर बाहिरै बस्ने अवसर पाए । काठमाडौं जिल्ला अदालतले रविलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दियो । काठमाडौंमा पनि पोखरामा जस्तै प्रभु बैंकले रविका लागि ग्यारेन्टी बसिदियो ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको बचत हिनामिना प्रकरणमा सहकारी ठगी र संगठित अपराधको मुद्दा खेपेका रविलाईत्त सबैभन्दा धेरै धरौटी मागियो ।

जिल्ला अदालत रुपन्देहीले गत माघ १३ गते रविलाई १ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दियो । रविका लागि त्यहाँ पनि प्रभु बैंकले एक करोड बराबरको बैंक ग्यारेन्टी गरिदिएपछि हिरासतमा बस्नु परेन । रुपन्देहीमा त न्यायाधीशले सुनुवाइका क्रममा रविलाई श्रीमती निकिता पौडेलको जिम्मामा हिरासत बाहिरै बस्ने सुविधा दिए ।

पछिल्लो पटक बिहीबार (माघ २४ गते) रविले दुई पटक चुनाव जितेको चितवनमा पनि अदालतबाट धरौटीकै आदेश भएको छ । जिल्ला अदालत चितवनले उनलाई ५४ लाख धरौटी लिएर बाहिरैबाट मुद्दाको प्रतिरक्ष गर्ने सुविधा दिएको हो ।

यससँगै रविको धरौटी चार जिल्ला अदालतमा २ करोड ७९ लाख पुगिसकेको छ । अब रविका लागि पर्सा जिल्ला अदालत पनि फेस गर्नुपर्ने चुनौती छ । पर्सामा सानोपाइला सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा रविविरुद्ध मुद्दा अघि बढ्न बाँकी छ ।

सिफारिस

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२ माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ आयोजना गर्ने...

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

धेरै पढिएको